ज्यान मुद्दाका फरार अभियुक्त तेह्र वर्षपछि पक्राउ

  • प्रकाशित मितिः भदौ ७, २०७५
  • 1249 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, भदौ ७–तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको समयमा कारागारबाटै फरार एक कैदी १३ वर्षपछि पक्राउ परेका छन् । २०६२ असार ५ गते तत्कालीन माओवादीले कारागार आक्रमण गरी त्यहा“बाट भगाएका ६३ मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ १३ वर्षपछि बिहीबार घरैबाट पक्राउ परेका हुन् । 
पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्ष राजकुमार केसीले बताए । २०६० साल असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङ सहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा थिए । उनीहरु विरुद्ध जिल्ला अदालत खोटाङले २०६३ साल चैत ६ गतेको फैसलाले तीनै जनालाई २०÷२० वर्ष कैद सजाए सुनाएको थियो । 
दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौं महिना दश दिन कैद भुक्तानी गरिसकेका थिए । उनीहरुले दाहाल लगायतका केही व्यक्ति आफ्नै घरमा आएर आक्रमण गरेपछि नियन्त्रणमा लिएर कुटपिट गर्दा दाहालको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित