गर्भवती महिलालाई अस्पताल पु¥याउ“न एम्बुलेन्स सहयोग कार्यक्रम

  • प्रकाशित मितिः मंसिर २५, २०७७
  • 1000 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउ“मा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई अस्पताल पु¥याउ“न एम्बुलेन्स सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
उपप्रमुखसंग महिला कार्यक्रमलाई निरन्तरता दिदै मङ्सिर २४ गते वडा नं १० पाथेकाबाट औपचारिक रुपमा सुरुवात गर्दै गर्भवती महिलाले जिल्ला अस्पतालसम्म आउ“नका लागि एम्बुलेन्सलाई नगरपालिकाले सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
क्यालसियम चक्की र फोलिड एसिड चक्की समेत निशुल्क वितरण गर्ने भएको छ । आर्थिक अवस्था कमाजोर भएका कारण पनि गर्भवती महिलाहरुले क्यालसियम चक्की समेत किन्न नमान्ने सुनेपछि यसले गर्भवती आमा र शिशु दुवैलाई असर गर्ने कुरालाई मध्यनजर गर्दै यो महत्वपूर्ण कामको सुरुवात गरेको उपप्रमुख विणादेवी राईले बताइन् ।
नगरले सधै“ निरन्तरता दिनेगरी १५ वटै वडामा गर्भवतीहरुलाई निःशुल्क क्याल्सियम चक्की र फोलिड एसिड चक्की सवै वडामा विस्तार गरिने उपप्रमुख राईले बताइन । गर्भवती महिलालाहरुको रगत परीक्षण समेत निःशुल्क गरिने उपप्रमुख राईले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित