हिंसा पीडितलाई प्रोत्साहन

  • प्रकाशित मितिः मंसिर २५, २०७७
  • 736 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाकी दया पाण्डे र दिक्तेलकी पार्वती खत्री निक्कै नै भावुक देखिन्थिन् । जिन्दगीमा केही गरेरै छाड्ने अठोट कसेकै भए पनि केही कुराले भावुक बनाई दिदो रहेछ ।
यो प्रसङ्ग लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको हो । मङ्सिर २५ गते दिक्तेलको जिल्ला समन्वय समितिको सभाकक्षमा गहभरि आशु पारेर पुरस्कार ग्रहण गरिरहेका थिए । उनीहरुले नगद १५–१५ हजार रुपैया“ प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको हातबाट ग्रहण गरेका हुन् ।

3 2
घरेलु हिंसाका कारण विस्थापित भएपनि छोरीलाई पढाउन एक्लै संघर्ष गरेर अरुका लागि प्रेरणाको श्रोत बनेकी दया र हिंसाकै कारण विस्थापित भएर छोरासंग व्यवसायी बन्ने प्रयास गरिरहेकी पार्वतीलाई प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको हो ।
त्यस्तै पारिवारिक हिंसाका कारण गाउ“बाट विस्थापित भई दिक्तेलमा आएर आश्रय लिएर छोरी सहित बसिरहेकी झुमा राईलाई बङ्गुर पालनका लागि सहयोग गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईले घोषणा गरिन् । नेर्पाबाट माइतीमा चित्राले बारेको छाप्रामा एक छोरा सहित बसिरहेकी अम्बिका आचार्यलाई भने आवास निर्माणमा सहयोग गर्ने उपप्रमुख राईले बताइन् । उपप्रमुख राईका अनुसार अम्बिका र उनका छोराका लागि भूकम्पीय आवास निर्माण शैलीको दुई कोठे भवन निर्माण गरिदिने बताइन् । जग्गा व्यवस्था गरेको अवस्थामा नगरपालिकाले अम्विकाको घर बनाई दिने जानकारीपछि स्थानीय तारानाथ फुयाँलले दिक्तेलको पञ्च मावि भन्दामुनि चार आना जग्गा निःशुल्क उपलव्ध गराउ“ने घोषणा गरेको उपप्रमुख राईले सुनाइन् ।

2 2
कार्यक्रममा नगरपालिकाले देब्रे खुट्टा गुमाएका खोटेहाङ गाउ“पालिका–७ खोटाङबजारका १२ वर्षीय सन्जीव राईलाई बैसाखी प्रदान गरेको छ । दिक्तेलस्थित पञ्च माविमा कक्षा ५ मा अध्ययनरत उनलाई प्रतिनिधिसभा सदस्य भट्टराईले पनि व्यक्तिगत दुई हजार प्रदान गरेका छन् । सन्जीवको छ महिनाको हुदा आगोमा परेर बाया“ खुट्टा गुमेको हो । नगरपालिकाले नगरपालिकाभित्रका १५ जना दृष्टि विहीनलाई छडी प्रदान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, नेकपाका रामप्रसाद दंगाल, कांग्रेसकी डिल्लीकुमारी आचार्य, जनता समाजवादीका टंक थापा, राप्रपाका जीवन श्रेष्ठ लगायतले लैंगिक हिंसा न्यूनीकरणका बारेमा धारणा राखेका थिए । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान एकैसाथ समापन गरिएको हो । दुबै कार्यक्रम अधिकारका क्षेत्रमा काम गरिरहेका जिल्लाका १४ संघसंस्था तथा कार्यालयले संयुक्तरुपमा आयोजना गरेको हो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा साकेला गाउ“पालिकाले आफनो ५ वटा वडामा हिंसामा परेका १० महिलालाई बाख्राको पाठा वितरण गरेको छ । जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले हिंसा पीडित महिलालाई बाख्राको पाठो हस्तान्तरण गरिएको गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।
रावाबेसी गाउ“पालिकामा लैंगिक हिंसा न्यूनीकरणका विषयमा अन्तक्रिया कार्यक्रम गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ‘लैंगिक हिंसा न्यूनीकरणमा आमा समूहको भूमिका’ विषयक प्रतियोगितात्मक कार्यपत्र प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित