सविना अछामे–
खोटाङ, मङ्सिर २४–दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तलकी एकल महिला तथा बृद्घा धनमाया“ खत्रीलाई लत्ता–कपडा खाद्यन्न प्रदान गरिएको छ । परिवारको हेरचाहबाट बञ्चित भएकी ९६ वार्षीय धनमाया“लाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बन्दोबस्तीका सामग्री उपलब्ध गराएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईका अनुसार जाडोमा ओढ्ने ब्ल्याङ्केट एक थान, ओछ्याउने कम्बल दुई थान, चामल, साडी, चोलो, भा“डाकु“डा लगायतको सामाग्री प्रदान गरिएको हो । बेसाहारा बृद्घालाई उपप्रमुख राईले बृद्धाको घरमै पुगेर सामग्री हस्तान्तरण गरेकी हुन् । पारिवारिक वातावरण पाउ“नबाट बञ्चित भएको जानकारीपछि सहयोग गरिएको उपप्रमुख राईले सुनाइन् । आगामी दिनमा पनि उनलाई सहयोग गरिने राईले जनाइन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित