कोरोनाले बन्द हलेसी मन्दिर खुला गरियो

  • प्रकाशित मितिः मंसिर १८, २०७७
  • 1453 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १८–कोरोना महामारीले बन्द हलेसी खुला भएको छ । कोरोना भाइरस फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै नित्य–दैनित्य पूजाआराधना बाहेक बन्द गरिएको हलेसी मङ्सिर १६ गतेदेखि खुला गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर खुला गरिएको हो । ‘कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गर्दै मन्दिरमा प्रवेश रोक लगाइएको थियो ।’ नगरप्रमुख राईले भने–‘स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी तीर्थालुका लागि मन्दिर प्रवेश खुला गरिएको हो ।’
एक पटकमा मुल गेटबाट १० जनालाई मात्र प्रवेश गराइने राईले सुनाए । कोरोना संक्रमण भए फेरि बन्द गरिने नगरप्रमुख राईले जनाए । यद्यपि हलेसी महादेवस्थान विकास समितिले भने नगरपालिकाले हस्तक्षेप गरेर मन्दिर खुला गरेको बताएको छ । हलेसी विकास समितिका निर्देशक समर भुजेलले भने ।–‘क्षेत्राधिकार मिचेर नगरपालिकाले सूचना जारी गरेको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित