नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १३–प्रदेशसभा सदस्य रामकुमार राईले नेकपा भित्रकै केही नेतृत्वहरुले नचाहेर प्रदेश नम्बर १ लाई किरात प्रदेश बनाउ“न नसकिएको बताएका छन् । मङ्सिर १३ गते किरात पहिचान नामक बृत्तचित्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राईले त्यसो भनेका हुन् ।
दृष्टिकोण अभावमा पार्टीभित्रकै शीर्ष नेताहरु किरात प्रदेश बनाउ“ने पक्षमा नरहेको र उनीहरुलाई बुझाउ“ने प्रयास भइरहेको राईले बताए । यो बेला किरात राज्य र अधिकार प्राप्ती नभए पुस्तौपुस्तासम्म आन्दोलन जारी रहने समेत राईले बताए । रामप्रसाद राईलाई गायब गरेजस्तो अब सम्भव नहुने भन्दै अधिकार लिएरै छाड्ने राईले दाबी गरे । ‘रामप्रसाद राईलाई गायव गरेजस्तो अब सम्भव छैन ।’ राईले भने–‘अधिकारका लागि छोरा–नातिको पालासम्म अधिकारका लागि लड्छौं ।’
किरातीहरुको पहिचानबारे जानकार भए पनि बुझ पचाइएकाले समस्या उत्पन्न भएको राईको भनाई छ । गैरकिरातहरुले समेत किरातीहरुको पहिचानको बारेमा थाहा नहुनु तर किराती भएर पनि किरात पहिचानको पक्षमा नउभिनुले किरात प्रदेश नामाङ्कनमा समस्या आएको राईले बताए । ‘गैरकिरातीहरुलाई समेत किरात पहिचानको बारेमा थाहा छ ।’ राईले भने–‘किराती भनाउ“दाहरु नै किरात पहिचानको पक्षमा नउभिएपछि समस्या आएको हो ।’ राईले थपे–‘किरात प्रदेश बाहेक अन्य नामाङ्कन भए डटेर संषर्घ गर्ने छौं ।’
सालिक शतासक राईद्वारा लिखित तथा निर्देशित किरात पहिचान नामक बृत्तचित्र सार्वजनिक कार्यक्रम किरात राई यायोक्खाले आयोजना गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका सचिव रामप्रसाद दङ्गाल, जनता समाजवादी पार्टी खोटाङका पिके खम्बु, राप्रपा खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राई, किरात यायोक्खाका केन्द्रीय सदस्य अन्जना राई, किरात पत्रकार संघ केन्द्रीय अध्यक्ष भीम राई, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राई लगायतले मन्तव्य राखेका थिए । बृत्तचित्र बारे भोगिराज चाम्लिङले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित