फुसको छाना अब जस्ता पातामा

  • प्रकाशित मितिः मंसिर ९, २०७७
  • 1247 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ९–जिल्लाका दुई हजार तीन सय ८८ घरको फुसको छाना अब जस्ता पाताले छाइने भएको छ । सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत यत्तिका घर जस्ता पाताले छाइने भएको हो ।
सुुरक्षित नागरिक आवास कार्यक्रमले जिल्ला समन्वय समिति खोटाङमा मङ्सिर ९ गते आयोजित कार्यक्रममा यस्तो जानकारी गराइएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको सुरक्षित नागरिक आवास कार्यक्रमको मङ्सिर ९ गते नै बसेको बैठकले उक्त लाभग्राहीको कोटा निर्धारण गरेको संयोजक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । यद्यपि सांस्कृतिक महत्व बोकेका घुमाउ“ने छाना भएको घर भने संरक्षण गरिने भट्टराईले सुनाए । पुरानो शैलीका घुमाउ“ने छाना भएका घरलाई घर धनीको चाहना अनुसार संरक्षणका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन सय ४८ घर, हलेसी तुवाचुङ नगरपालिकामा तीन सय ४३ घर, ऐसेलुखर्क गाउ“पालिकामा दुई सय ३१ घर, रावाबेसी गाउ“पालिकामा दुई सय छ घर, केपिलासगढी गाउ“पालिकामा दुई सय ११ घर फुसका छाना जस्ता पाताले छाइने भएको छ । त्यस्तै साकेला गाउ“पालिकामा एक सय ५० घर, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा दुई सय तीन घर, खोटेहाङ गाउ“पालिकामा दुई सय ८० घर, जन्तेढुङ्गा गाउ“पालिकामा दुई सय २० घर र बराहपोखरी गाउ“पालिकामा एक सय ९६ वटा घरको फुसको हटाएर जस्ता हालिने भट्टराईले सुनाए ।
सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सम्वन्धित स्थानीय सरकारले १० दिने सूचना जारी गर्ने र त्यही सूचनाको आधारमा स्थानीयले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको भट्टराईले बताए । स्थानीयले दिएको आवेदनको आधारमा घरघरमा प्राविधिक गएर वास्तविक लाभग्राही पहिचान गरेपछि शहरी विकास मन्त्रालयबाट स्थानीय तहमार्फत प्रतिपरिवार ५० हजार पाउ“ने भट्टराईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित