ज्यान मार्ने उद्योगका आरोपी पा“च लाख धरौटीमा छुटे

  • प्रकाशित मितिः भदौ ३, २०७५
  • 1774 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, भदौ ३–ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई मध्ये एक जना पा“च लाख धरौटीमा छुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–३ का कर्ण राईमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अभियोगमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–५ का सचिव गोपीकृष्ण बस्नेतलाई जिल्ला अदालतले पा“च लाख धरौटी लिएर आइतबार छुटेका हुन् ।
बस्नेतले २०६७ असार ७ गते स्थानीय आहालेडा“डामा ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अयोगमा गत साउन २५ गते पक्राउ परेका थिए । त्यसै घटनाका अर्का आरोपी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यालय सहयोगी रामकुमार थापा भने पुर्पक्षका लागि कारागार पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । कुटपिटले कर्ण राई अचेत अवस्थामा रहेकाले किटानी उजुरी नपरेको र अहिले चेत खुलेपछि दुई जनाको विरुद्ध उजुरी परेकापछि पक्राउ परेका हुन् । घटनापछि कर्ण राईलाई हेलिकोप्टरमार्फत उपचारमा लगिए पनि लामो समयसम्म अचेत थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित