सोल्मामा माटो र पशु प्रयोगशाला

  • प्रकाशित मितिः मंसिर ६, २०७७
  • 1625 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ६–दिक्तेल रुपाकोट मझुगढी नगरपालिका–२ सोल्मामा माटो तथा पशु प्रयोगशाला उद्घाटन भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
हेल्भेटासको करिब चार लाख ९६ हजार रुपैया“को लागतमा उक्त प्रयोगशाला निर्माण भएको नगरउपप्रमुख विणादेवी राईले बताइन् । उनका अनुसार माटो परीक्षण, बालीमा लाग्ने रोग तथा किराको पहिचान हुने छ । यसका साथै पशुसम्वन्धी परीक्षण समेत हुने उपप्रमुख राईले सुनाइन् । प्रयोगशाला सुरु भएपछि काठमाडौं र झुम्का जान पर्ने झन्जटबाट किसानहरुले मुक्ति पाएको उपप्रमुख राईले जनाइन् । ‘परीक्षण गर्न अन्यत्र पठाउ“दा महिनौ दिन कुर्नु पर्ने वाध्यताबाट थियो ।’ उपप्रमुख राईले भनिन्–‘प्रयोगशाला सुरु भएपछि ४८ घण्टामै रिपोर्ट आउ“छ ।’
माटोको तत्व परीक्षण गरी त्यसै आधारमा कार्ड समेत वितरण गरिने उपप्रमुख राईले सुनाइन् । प्रशोगलाशा सुरु भएपछि किसान खुसी छन् ।
तस्बिर : विणादेवी राईको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित