सविना अछामे–
खोटाङ कात्तिक २६–जिल्ला प्रशासन कार्यालय खोटाङले देउसी भैलो नखेल्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण बढ्ने जोखिम बढेको भन्दै भेला भएर गरिने गतिविधि नगर्न कात्तिक २६ गते सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा सामुहिक रुपमा भेला जम्मा भई गरिने शुभकामना आदान–प्रदान, चियापान, समूहमा खेलिने खेलकुद, सांस्कृतिक कार्यक्रम र राजनीतिक तथा अन्य गतिविधि नगर्न नगराउन सूचना जारी गरिएको छ ।
तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतिलाई समेत मध्यनजर गर्दै आतसबाजी, पटका लगायतका विष्फोटकजन्य पदार्थहरु बेचबिखन र प्रयोग नगर्न आग्रह गरेको छ ।
सूचनामा बेलुका ८ बजे भन्दापछि मदिरा बेचबिखन तथा बिक्री वितरण गर्न नदिने, सार्वजनिक रुपमा मदिरा सेवन गरी होहल्ला गरी शान्ति भङ्ग गर्नेलाई तत्काल पक्राउ गरी नियमाअनुसार कारबाही गरिने उल्लेख छ ।
जुवा तास तथा जुवाजन्य खेल खेल्ने, खेलाउने कार्य गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तास खालमा भेटिएका धनमाल समेत जफत गरी नियमानुसार कारबाही गर्ने सूचनामा उल्लेख छ ।
चाडपर्वमा अत्यावश्यक सामान किनमेल तथा भेटघाट गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, कम्तीमा दुई मिटरको सामाजिक÷भौतिक दूरी कायम गर्ने र बेलाबेलामा साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सावधानीहरु अनिवार्य रुपमा अपनाउ“न आग्रह गरिएको छ ।
दीपावाली तथा छट लगायतका चाडपर्वहरु मनाउ“दा भीडभाड, जमघट र यात्रा नगरी आफ्नो परिवार भित्र मात्र मनाउ“न आग्रह गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको काभिड–१९ संग सम्बन्धित स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाईका साथ पालना गर्ने गराउने सूचनामा उल्लेख छ । आम नागरिकले आफू र आफ्ना समुदायमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिक दायित्व र कर्तव्य पालना गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित