लफ्याङमा चाम्लिङ भाषा पढाइने

  • प्रकाशित मितिः कार्तिक २३, २०७७
  • 1518 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा चाम्लिङ भाषामा पठन–पाठन हुने भएको छ । लफ्याङका एउटा मावि सहित चारवटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो ।
चाम्लिङ राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रूपमा एउटा विषय चाम्लिङ भाषाबाट पठन–पाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष निर्मल राईले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्थाअनुसार वडाका विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको अध्यक्ष राईले सुनाए । 
चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ऐच्छिक विषयका रूपमा चाम्लिङ भाषामा पठन–पाठन गर्ने तयारी गरिएको तर कोरोनाले कक्षा सञ्चालन गर्न नसकिएको अध्यक्ष राईले बताए । शिक्षक छनौट र पाठ्यपुस्तक भने व्यवस्थापन भइसहेको अध्यक्ष राईले जनाए । किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले प्रकाशन गरेको पाठ्यपुस्तकलाई उपयोग गर्ने अध्यक्ष राईले सुनाए । उक्त भाषा पठनपाठनका लागि सम्बन्धित विद्यालयमा कार्यरत चाम्लिङ भाषी शिक्षकलाई छनौट गरिएको राईले बताए । राईका अनुसार श्रीमावि मझुवा बास्बोटे मावि, बालविकास प्रावि बरडाडा“, सालतीदेवी प्रावि खर्कडाडा“, सारदा प्रावि दोरुङ, जनचेतना आधारभूत विद्यालय दोखुमका गरी करिब ६० बालबालिकाले चाम्लिङ भाषा पढ्ने छन् । 
चाम्लिङ राईको बाहुल्य रहेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठनपाठन सञ्चालन हु“दै आएको छ । धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राविमा कक्षा ५ सम्म, जनकल्याण प्रावि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठनपाठन हु“दै आएको छ । सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माविका शिक्षक रकम रोदुङले बताए । चाम्लिङ राई भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्ष दुई लाख रुपैया“ बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित