सुरु भयो नया“ कानुन

  • प्रकाशित मितिः भदौ ३, २०७५
  • 1866 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, भदौ ३–जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा भदौ १ गते आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपले मुलुकी ऐन कार्यान्वायन प्रारम्भको घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्लामा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्य्विधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्य्विधि, फौजदारी कसुर ऐन प्रारम्भ भएको घोषणा गरिएको हो । जिल्ला अदालतको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला न्यायधिस घिमिरेले मुलुकी ऐन र परिमार्जित नयाँ कानूनका भिन्नताका बारेमा सहभागीलाई जानकारी गराए । कार्यक्रममा घिमिरेले कानुन कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।
नया“ कानुनमा के व्यवस्था गरिएको छ ?
–अन्तर्रा्ष्ट्रिय मानव अधिकार कानुनले अंगीकार गरेका मानव अधिकारका सिद्धान्तलाई व्यवहारमा उतार्ने गरी प्रावधानहरूको विकास ।
–यातना दिने, बेपत्ता पार्ने, गोपनीयता उल्लंघन गर्ने काम आदि दण्डनीय । 
–प्रहरी, सेना वा अन्य अधिकारीबाट हिरासतमा लिई कुटपिट गर्नेरगराउनेलाई ५ वर्ष वा ५० हजार जरिवाना वा दुवै सजाय ।
–व्यक्ति बेपत्ता पार्ने काममा संलग्नलाई १५ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना ।
–बोक्सी आरोपमा कुटपिट गर्ने, सामाजिक बहिष्कार गर्ने, रजस्वला भएका बखत छाउपडीमा पठाउनेलाई ३ महिना कैद ।
–सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नेलाई ६ महिनासम्म कैद ।
–कुनै राष्ट्रसेवकलाई झूटा जानकारी दिएर कर्तव्यबाट विमुख गराउनेलाई एक वर्षसम्म कैद ।
–बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद ।
–जुवा खेल्नेरखेलाउनेलाई तीन महिनासम्म कैद ।
–कसैले गाई वा गोरु मारे तीन वर्षसम्म कैद ।
–खुला रूपमा खसी, कुखुरा काट्नेलाई एक महिना कैद ।
–बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैद ।
–३ वर्षदेखि १० वर्षसम्म सजाय हुने कसुरलाई गम्भीर र १० देखि जन्मकैदसम्मको सजाय हुने जघन्य कसुर, जन्मकैद २५ वर्ष ।
–कुनै नेपाली नागरिकले नेपालबाहिर अर्काे नेपालीको ज्यान लिएको वा लिने षड्यन्त्र गरेको वा अंगभंग गरेको, परित्याग गरेको वा जबर्जस्ती करणी गरेको वा अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा पनि कारबाही ।
–राज्यविरुद्धका कसुर, राजद्रोहको कसुर, जाति हत्याविरुद्धको कसुर, सार्वजनिक न्यायविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर तथा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर ।
अपराध संहिता ः
–सार्वजनिक आवागमनमा बाधा पुर्रुयाए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै ।
–नभएरनगरेको अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने 
(झूटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने ।
–खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने ।
–कमसल वस्तुलाई असल भनी बेचे ३ वर्षसम्म कैद हुन सक्ने । 
–सार्वजनिक ठाउँमा अरूलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने । 
–सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै ।
–राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने ।
–बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरेसरह सजाय ।
देवानी संहिता ः
–मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशनरप्रसारण गर्न नपाइने ।
–केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने ।
–कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतस् विवाह भएको मानिने । 
–सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने  ।
–मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने ।
–प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने ।
–गर्भको शिशु पनि अंशको हकदार हुने ।
–कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने ।
–कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित