जुवा खेल्ने चार जना पक्राउ

  • प्रकाशित मितिः कार्तिक २१, २०७७
  • 1474 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४६ वर्षीय सुजन ताम्राकार, ३६ वर्षीय युधीर शाक्य, ४१ वर्षीय दिनेशकुमार केसी र ५५ वर्षीय विनोद उदास पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४८ हजार नौ सय ९० रुपैया“ नगद, २० थान कौडा, तीन थान मोबाइल, तास लगायतका सामाग्री समेत बरामत गरेको प्रहरीले जनाएको छ । उनीहरु दिक्तेलको त्रिवेणीचौकमा जुवा खेलिरकेको अवस्थामा कात्तिक २० गते राती ११ बजे पक्राउ परेका हुन् । उनीहरुलाई कात्तिक २१ जुवासम्वन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी निरीक्षक दिनेश खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित