पीडामा डुबेको एउटा परिवार

  • प्रकाशित मितिः कार्तिक १८, २०७७
  • 1289 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, कात्तिक १८–प्राय सैब बाबु आमालाई छोरा–छोरी हुर्किएला अनि सुख पाउ“ला भन्ने हुन्छ । तर छोरा–छोरी जति अपाङ्गै अपाङ्ग भएपछि यहा“स्थित एक परिवार भने चिन्तामा डुबेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वीरबहादुर गजमेरका एक छोरा र तीन छोरी गरी चारै जना अपाङ्ग भएपछि पीडामा डुबेका हुन् । 
वीरबहादुर गजमेरका अनुसार १५ वर्ष उमेर पुगेपछि सबै छोरा–छोरीको हात–खुट्टा नचल्ने भएको छ । उनकी ३० वर्षीया छोरी कोपिला, २२ वर्षीया चन्द्रा, २१ वर्षीया मनिषा र १६ वर्षीय छोरा चेतराज समेत कुजिएका छन् । उनकी २४ वर्षीया छोरी उषाको कुजिएरै मृ्त्यु भएको आमा लक्ष्मी गजमेरले बताइन् । ‘जब छोरा–छोरी हुर्किदै जान्छ अनि यस्तो हुन्छ ।’ पीडा पोख्दै भनिन्–‘के कारण यस्तो भयो थाहै भएन ।’ उनले थपिन्–‘उपचार गर्ने खर्च छैन ।’ 
उपचार खर्च जुटाउ“न नसक्दा आफूहरु चिन्तामा डुबेको वीरबहादुर गजमेरले बताए । राज्यले उपचार गरिदिए हुन्थ्यो भन्ने आशा लागेको वीरबहादुरले बताए । ‘जब छोरा–छोरी जवान हुदै जान्छ अनि कु“जिदै जान्छन् ।’ गजमेरले भने–‘उपचार गराउ“न पनि खर्च छैन ।’ उनले थपे–‘राज्यले निःशुल्क उपचारको व्यवस्था मिलाई दिए हुन्थ्यो ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का वडाअध्यक्ष माधव राईले राज्यबाट पाउने अपाङ्ग भत्ता बाहेक अरु सविधा दिन नसकिएको बताए । ‘परिवारै अपाङ्ग भएको देख्दा देख्दै पनि केही गर्न सकिएन ।’ वडाअध्यक्ष राईले भने–‘यसपालिदेखि केही मल्हमपट्टी गरौ कि भन्ने लागेको छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित