आइसोलेसनमा रहेका जिल्ला समन्वय समिति खोटाङका प्रमुखलाई मातृशोक

  • प्रकाशित मितिः कार्तिक १७, २०७७
  • 917 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १७–आइसोलेसनमा बसेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई मातृ शोक परेको छ । गत कात्तिक ९ गतेदेखि आइसोलेसनमा रहेका चाम्लिङकी आमा जयमती राईको १०२ वर्षको उमेरमा कात्तिक १७ गते निधन भएको हो ।

jayamati rai 1

१९७५ भदौ १० गते जन्मिएकी जयमतीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफु्याङस्थित घरमा कात्तिक १७ गते बिहान ३ बजेर ५५ मिनेट जादा निधन भएको हो । मृतक जयमतीका तीन छोरा छन् । चाम्लिङ कान्छो छोरा हुन् । चाम्लिङकी श्रीमती सर्मिला राईलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमै छन् ।

jayamati-photo 1

चाम्लिङ आमाको अन्तिम संस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन् । आमाको अन्तिम संस्कारमा दुई दाजु मात्र सहभागी भएका छन् । चाम्लिङ बिहान सामाजिक दुरी कायम गरी आमाको अन्त्यष्टिमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेर होम आइसोलेसनमा फर्किएका छन् ।
चाम्लिङले पञ्चायतकालदेखि भूमिगत राजनीति सुरु गरेका हुन् । उनी तत्कालीन मालेका नेता हुदा तीन वर्ष जेल जीवन बिताएका थिए । २०४४ सालमा पक्राउ परेका चाम्लिङ खोटाङ कारागार, राजविराज, तानसेन र बिरगन्ज कारागारमा बसेका छन् । चाम्लिङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हुन् ।
तस्बिरहरु : बबि चाम्लिङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित