हलेसी तुवाचुङ नगरपालिका सिल

  • प्रकाशित मितिः कार्तिक १६, २०७७
  • 1447 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–हलेसी तुवाचुङ नगरपालिकाले बजार तथा कार्यालयहरु सिल गरेको छ । दुई जनामा कोरोना संक्रमण देखिएपछि मध्यपहाडी लोकमार्ग आसपासका बजार तथा नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु हप्ता दिनका लागि सिल गरेको हो ।
कात्तिक १५ गते नगरपालिकाको संयोजनमा बसेको सर्वदलीय बैठकले संक्रमित व्यक्तिको सम्पर्कमा पुगिसकेका व्यक्तिलाई १४ दिन होम क्वारेन्टाइनमा राख्ने, कात्तिक २२ गतेसम्म मध्यपहाडी लोकमार्ग आसपासमा पर्ने बजारहरु (जयरामघाट, दुर्छिमको छापडाडा“, हलेसीबजार, अर्खौले, बिजुले तथा सगरमाथा राजमार्गमा पर्ने रेग्मिटारदेखि राजापानी बीचका होटल, खाजा घर, हार्डवेयर पसल, सवारी साधन मर्मत स्थल लगायत बन्द गर्ने निर्णय गरेको नगरपालिका प्रमुख इबन राईले बताए ।
कोरोना संक्रमण दर थप फैलिन नदिन नगरपालिकाको कार्यालय, नगरपालिकाभित्र सञ्चालित सरकारी तथा गैर–सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतको सेवा हप्ता दिनका लागि बन्द गराइएको नगरप्रमुख राईले बताए । स्वास्थ्य संस्था तथा मेडिकलहरु भने २४ घण्टा खुला रहने राईले सुनाए ।
सामुहिक रुपमा खेलिने खेलकुदमा पनि रोक लगाइएको छ । उपभोग्य बस्तुका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरिएको छ । यो अवधिमा अनावश्यक काममा घर बाहिर हिडडुल नगर्न आग्रह गरिएको छ । संक्रमित व्यक्तिको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङ सकिएकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी स्वाव संकलन गर्ने र पीसीआर परीक्षणमा पठाइने नगरप्रमुख राईले बताए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि व्यापारिक क्षेत्र, कार्यालय लगायत सिल गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या ६ पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित