नानुमैया दाहाल–
१)
दिउसै लुटिन्छ नारी अस्मिता मौन भै हेर्छ सरकार
बन्दक राख्न खोज्छ न्याय, नसके दोषी नै फेर्छ सरकार
सुन्दैन जनबोली बहिरो छ फन्दामा छ अभिमानीको
लोभी छ माफिया चिन्छ र उसकै आदेश टेर्छ सरकार ।
२)
आत्मघाती लुटाइले साह्रै निरीह भएछ देश
थाकेछ गगन चुम्ने इच्छा ओह्रालोतिर गएछ देश
भए पनि हिमाल, पहाड र तराइको विशाल भूगोल
बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश ।
३)
विवेक बेचेर तिमीले अहंकार जोड्यौ रे
मानवीय मुल्य,मान्यता र कर्तब्य तोड्यौ रे
सम्मान आमाबुवाको फेसबुकमा मात्रै रहेछ
आज विहान दुवैलाई बृध्दाश्रममा छोड्यौ रे ।
४)
दिल चोर्यो तर रुवाएर गयो
जीवन मध्यान्हमै अध्यारो भयो
सपना हरायो, आत्मा ढल्फलायो
जीवीतताको संकेत देह मात्र रह्यो ।
५)
नहेर कर्के नजरले माया रोपिदो रहेछ
बशमै हुन्न रहेछ मन लाज छोपिदो रहेछ
मन्द मुस्कानसँगै प्यारले बोलायौ भने त
दिलको शीलमा तिम्रो नाम खोपिने रहेछ ।
प्रकाशित मिति २०७७ कात्तिक १४
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित