कोरोना संक्रमण पुष्टि भएपछि खोटाङका विभिन्न कार्यालयहरु बन्द

  • प्रकाशित मितिः कार्तिक १२, २०७७
  • 1607 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १२–जिल्लास्थित विभिन्न प्रमुखहरुलाई कोरोना संक्रमण भएपछि प्रशासन लगायतका विभिन्न सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला समन्वय खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका कार्यालयहरुले सेवा बन्द गरेको हो ।

ji.sa.sa.khotang
कोरोना संक्रमणपछि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई कोरोना संक्रमण भएपछि प्रशासन कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द गरिएको कात्तिक १२ गते विहान सूचना प्रकाशित गरेर सर्वसाधारणलाई जानकारी गराइएको प्रजिअ शर्मा पौडेलले सुनाए । गत कात्तिक ९ गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङ, प्रजिअ शर्मा पौडेल र प्रहरी नायव उपरीक्षक चिमरीयालाई विराटनगरस्थित प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशालाले कोरोना पुष्टि गरेको थियो ।
यसलगत्तै दसैं बिदामा काठमाडौंमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्नु परेको प्रजिअ शर्मा पौडेलले बताए । उनका अनुसार जिल्ला प्रशासनका अन्य कर्मचारीहरुको पनि कोरोना परीक्ष्ँणका लागि पीसीआर गर्नु पर्ने भएकाले अर्को सूचना जारी नभइन्जेलसम्मलाई सेवा बन्द गरिएको हो ।

malpot
जिल्ला प्रशासन कार्यालयसंग मालपोत कार्यालय पनि रहेकाले मालपोतलाई पनि बन्द गर्न अनुरोध गरिएको शर्मा पौडेलले सुनाए । जिल्ला समन्वय समिति खोटाङको सेवा पनि बन्द गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकालाई पनि सेवा बन्द गर्न आग्रह गरेको प्रजिअले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने बताए ।

municipality copy
संक्रमितमध्ये सबै होमआइसोलेसनमा रहेको प्रजिअ शर्मा पौडेलले सुनाए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए । जिल्लामा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षण पनि बढाइएको छ । कात्तिक १२ गते विहानै ४५ जनाको पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएको नगरप्रमुख रिजालले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित