रुशोको उत्तरआधुनिकवादी यात्रा र भाषण

  • प्रकाशित मितिः कार्तिक ११, २०७७
  • 853 पटक पढिएको
  • संवादताता

विष्णु उपरकोटी–
बहुलवाद र भुमण्डलीकरणको
एक जोडी जुत्ता लगाएर,
केन्द्रीकरणको सडक हु“दै,
विकेन्द्रीकरणको
यात्रामा निस्के रुशो †
उनी,
आश्वासनका बस्तीमा
सपनाको रातो कमिजका
दुबै तर्फका बङ्गाली
गोजीमा एक–एक फा“का
नित्से र ल्योटार्डका दाना–
घरिघरि निसेलको
अञ्जुलीमा मुठ्याएर
स्वच्छतावादी मुखमा ज्युनारको
अछुत सम्मेलन गर्छन् ।
घरि,
सडकको छेउछाउमा भेटेका
माक्र्सवादीहरूलाई
लज्जावली का“डा सम्झेर
स्वाधीनताको
लठ्ठीले ठाङ् ठाङ् ठुङ् ठुङ्
बनाइ–
साइबर संसारको
घु¥यानमा फालिदिन्छन् ।
हिड्दै जा“दा,
अराजकताको टाकुरामाथि
स्त्रीको नघ्न तस्वीरमा
जीवन अवधिको
आखिरी निधार जोड्छन् ।
र प्रकृतिको आशिष बर्साउ“छन् ।
अन्ततः
अथक यात्रा पश्चात्,
बसन्त ऋतुको
पालुवारूपि सपनाको चुचुरोमा टेक्दै,
प्रकृतितर्फ देखाएर,
शान्तिको स्टेजमा
सा–रे–ग–म–को
जमातअघि
एक वाक्यमा लामो भाषण गर्छन्
‘वसुधैव कुटुम्बकम’ ।
प्रकाशित मिति २०७७ कात्तिक ११

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित