दुर्घटनामा तीन जनाको मृत्यु

  • प्रकाशित मितिः कार्तिक ११, २०७७
  • 880 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ११–जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउदै गरेको को १ ज ३४७० नम्बरको जीप कात्तिक १० गते साझ दुर्घटना हुदा उनीहरुको मृत्यु भएको हो । अन्य चार जना घाइते भएका छन् ।
बराहापोखरी गाउ“पालिका–५ पौवासेराको सोह«खानीमा भएको जीप दुर्घटनामा उक्त गाउ“पालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा बृहस्पतिका ९ महिने बच्चा दिप्सन राई, बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उक्त नगरपालिका–८ कै ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीय नविना राई घाइते भएका हुन् । उनीहरुको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक ११ गते विहान पु¥याइएको खोटाङका प्रहरी प्रवक्त प्रहरी निरीक्ष्ँक गोविन्दप्रसाद साहले बताए ।
दुर्घटनापछि फरार रहेका जीपका चालक उदपयुर चौदण्डीगढी नगरपालिका ६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई उदयपुर बेल्टारका प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित