सोनाम सोल्टी-
मलाई आतङ्कको घेराभित्र हालेर
तिमी भनिरहेछौ,
आत्म समर्पण गर
आफ्नो स्वाभिमान त्यागेर
म निरीह छु भन,
त्यसपछि तिम्रो उपचार गरुला ।
ख्वामित !
तिम्रो दया मलाई चाहिएको होइन,
मेरो हक के हो ?
खोजेको मात्रै हु ।
हे परवरदिगार !
मैले भीष मागेको होइन
तिमीले नै लेखेको संविधानको व्याख्या चाहेको हो ।
मलाई माफ गर मेरो मालिक
मैले आफूलाई
यो समयमा कङगाल घोषणा गर्न सक्दिन ।
तिम्रो पो सत्ता छ, भत्ता आउँछ,
मैले के दिनु कोषमा ?
तिम्रो पो शासन छ, रासन जुटिहाल्छ
मैले कसरी लालाबाला पाल्नु ?
भुइमान्छे तिमी थियौ
शिखरमा पुग्यौ
भुइमान्छेको पिडा बिस्र्यौै ।
तर, याद गर
टुप्पोबाट लडेउ भने के कसो हुन्छ ?
हामी त जमिन मै छौ,
लढे पनि, झरे पनि हाम्रै जमिन त हो नि
माफ गर मेरो ख्वामित
म मेरै झुपडीमा मरुला
तर, तिम्रो सामुन्ने
आफूलाई कङ्गाल घोषणा गर्दिन ।
प्रकाशित मिति २०७७ कात्तिक ९
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित