कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेबाट हुने

  • प्रकाशित मितिः कार्तिक ५, २०७७
  • 1239 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौँ, कात्तिक ५-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेबाट सुरु गर्ने भएको छ । बोर्डले कात्तिक ५ गते परीक्षासम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।
देशभर एकैसाथ बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डले जनाएको छ । शनिबार पनि परीक्षा संचालन गरेर मङ्सिर १६ गते सकिनेछ । गत वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित