दलित, एकल महिला र विपन्नलाई राहत

  • प्रकाशित मितिः कार्तिक ३, २०७७
  • 827 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, कात्तिक ३–रावाबेसी गाउ“पालिकाले दलित, एकल महिला तथा विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । दसैतिहारलाई लक्षित गरी प्रतिघर परिवार ३० केजी चामल, दुई लिटर खानेतेल, दुई केजी दाल, दुई केजी नुन र एक डल्ला हात धुने साबुन वितरण गरेको हो ।
गाउ“पालिकाका चार सय १५ घर एकल महिला, दलित र विपन्न घर परिवारलाई नौ“ लाख ६३ हजार बराबरको राहत सामग्री वितरण गरिएको गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित