विकासमा अबको बाटो 

  • प्रकाशित मितिः भदौ ३, २०७५
  • 1822 पटक पढिएको
  • संवादताता

टंक कटवाल-

'हरेक विषयगत क्षेत्रका आधारमा गाउ“गाउ“ टोलटोलमा सरकारको संलग्नता हुने खालको कार्यक्रमहरु चाहिएको छ ।' 

हिजो अमेरिका, जापान जर्मन, चिन, भारत आदि देशहरु विकसित थिएनन् । जति पनि विकसित मुलुकहरु छन् । सबै मुलुकहरु पछि विकासित भएका हुन् । त्यो देशका जनताहरुदले पछि विकसित देश बनाएका हुन् । देश विकासको महत्वपूर्ण पाटो राजनीतिक विकास, विज्ञान र प्रविधिको विकास नै हो । राजनीति सबै क्षेत्रको निकास हो । त्यसैले राजनीतिक विकास आजको अपरिहार्यता हो । चिनको राजनीतिक विकासलाई हेर्दा ठूलाठूला क्रान्तिहरु भएको पाइन्छ । सन १९११ को क्रान्ति यसले दुई हजार बर्ष पहिलेदेखि जरा गाडेको राजतन्त्रको अन्त्य ग¥यो । महि आन्दोलन यसले चिनमा पुरानो शक्तिलाई बदल्ने र विदेशी शक्तिको हस्तक्षेपको विरुद्धको आन्दोलनलाई नया“ गति प्रदान ग¥यो । अर्को क्रान्ति अक्टोबर क्रान्ति हो । यसले रुसी सरकारले कब्जा गरेको भूभागहरु चिनलाई फर्काउने चिनका पूर्वी रेल मार्ग, खानीहरु जंगलहरु, चिनकै स्वामित्वमा फर्काउने, रुस सरकालाई तिर्दै आएको क्षतिपूर्ति रकम तिर्न नपर्ने चिनमा बसोबास गर्ने रुसी नागरिकहरुले पाइपाएका विशेल सुविधाहरु खारेज गर्ने, अघिल्लो जार सरकारले चिनमाथि लादेका सबै असमान सन्धिहरु खारेज गर्ने अक्टोबर क्रान्तिको प्रभाव थियो । चिनमा चेङकाइसेका सेनासंग बीसौ वर्ष माओका सेनाहरु लड्नु प¥यो । र राज्यसत्ता माओका सेनाहरुले कब्जा गरे । नेपोलियनले भनेका थिए  अफिमका नसामा लट्ठिएर सुतेको चिनका बारेमा भनेका थिए –‘यहा“ दैत्य सुतेको छ, त्यसलाई सुतिरहन देऊ किनकि जब त्यो ब्युझिने छ, यसले सारा संसारलाई हल्लाउने छ ।’ उनको यो कथन पूरा हुन समय त लाग्यो तर जब चिन साच्चै ब्युझियो, त्यसले संसारलाई हल्लाएर छाड्यो । 
नेपालका परिघटना एबम् आन्दोलनहरु चिनसंग नमिल्ले भन्ने होइन । अब नेपालले पनि राजनीतिक निकास पाइसक्यो । नेपाल साच्चै नै ब्युझनु पर्छ । संसार हल्लाउने गरी ब्युझन आवश्यक छ । यसका लागि तीनै तहका सरकारहरुको जिम्मेवारी त्यत्तिकै महत्वपूर्ण छ । नेपाल ब्यझाउने गरी कार्य गर्न तपाई हाम्रो हातमा छ, तपाई हाम्रो का“धमा छ । समग्र सबै जनताको दायित्व भनेको देश ब्युझाउने हो । स्थानीय सरकारहरुले जनताले आफ्नो सरकार भएको महसुस  गर्ने गरी जनताको काम गर्न आवश्यक छ । यदी जनताले आफ्नो सरकारको महसुस गर्ने गरी काम गर्न सकेन भने देश ब्युझाउन सकिदैन । देश विकासित बनाउन सकिदैन । जनता सम्पन्न बनाउन सकिदैन । देश समृद्ध बनाउन सकिदैन । अन्तमा हात लागि शुन्य आउन सक्छ । त्यसका लागि सबै तहका सरकारहरुले उत्पादनमुलक काममा लगानी गरौं । निजीकरणलाई उत्पादनमुलक काममा लगानी गर्न प्रोत्साहित गरौं । एक घर एक रोजगारीको अवधारण ल्याऔं । कृषिलाई त्यही आधारमा आधुनिकीकरण गरौं । शान्ति सुरक्षाको प्रत्याभूति दिऔं । वैदेशिक रोजगारलाई देशमै खपत गर्ने कार्यक्रमहरु ल्याऔं । यसमै सरकारको कल्याण छ । नेपाली जनताको कल्याण हुन्छ । 
परिर्वतन गर्न ठूलठूला कामहरु गरिहरन पर्दैन । त्यसका लागि एउटा व्यवस्थापनको पाटोलाई यहा प्रस्तुत गर्न खोजिएको छ । एउटा बटुवा समुद्रको किनारै किनार हिडिरहेको रहेछ । समुद्रको छालले समुद्रका माछा बगरभरि फ्याकिदिएछ । ती माछाहरु पानी विना छटपटाइरहेका रहेछन् । त्यो देखेर बटुवाले बगरका माछाहरु टिप्दै पानीमा फाल्न थालेछ । अर्को बटुवा त्यही बाटो भएर आएछ र पहिलाको पटुवालाई सोधे छ । ‘यत्रा बगरभरिका माछाहरु एउटा एउटाका दरले पानीमा टिप्दै फाल्दै गर्दैमा के पाउछौ भनि सोचेका छौं ?’ भनि प्रश्न गरेछ । पहिलो बटुवाले जवाफ दिएछ । यसबाट म के पाउछु केही थाहा छैन । तर मैले जुन–जुन माछालाई समुद्रमा फाले त्यो त्यो माछाले नया“ जीवन पाउने छ । यो संसारमा बाच्न पाउने छ । उनीहरुको जीवनमा परिवर्तन आउने छ । यसबाट के हुन्छ ? सहिदलाई सोध्नु न कि शहीदको व्याख्या गर्नेलाई भनेछ । यसको अर्थ केहो भने काम सानै थियो । सानो कामले कसैको जीवनमा परिवर्तन ल्यायो । सही व्यवस्थापन भएकै कारण बाच्न पायो । उसको जीवनमा परिवर्तन ल्यायो । त्यसैले स्थानीय सरकारहरुले सानै काम भएपनि जनताको जीवनमा परिवर्तन आउने खालका कामहरु गर्न पाए देश र जनताका लागि लाभदायक हुन्थ्यो । जनताबाट छानिएको जनताकै सरकार महसुस हुन्थ्यो । अब जनताले महसुस गर्ने  गरी जनताको सरकार हुन अहोरात्र जनताको काममा समर्पित हुनु पर्छ । पुराना कामहरुको निरन्तरता कम गर्नु पर्छ । दिनदिनै नया“ कामको प्ररम्भ गरौं । थोरै काम होस् त्यसमा नया“पन झल्काउने खालको हुनु पर्छ । त्यो नर्यापनको काम स्थानीय सरकारको हो भन्ने महसुस हुन्छ । किन कि मानिसहरुले दिनानु दिन नया“पन चाहन्छ । त्यसैले मानिसको मनोविज्ञानका आधारमा विकास निर्माणमा निरन्तरता दिन पाए हुन्थ्यो । प्रत्येक गाउ“ टोलहरुमा सरकारको संल ग्नता महसुस हुने कार्यक्रमको खाका तयार पारौं त्यसका लागि जनताबाट कति लगानी गर्न सक्छन्, सरकार पक्षले ऋण वा अनुदान वापत कति सहयोग लिन सकिन्छ, हरेक विषयगत क्षेत्रका आधारमा गाउ“गाउ“ टोलटोलमा सरकारको संलग्नता हुने खालको कार्यक्रमहरु चाहिएको छ । त्यसले जनता सम्पन्न र समृद्ध बनाउने कार्यक्रमहरु चाहिएको छ । र मात्र जनतालाई आफ्नो सरकारको महसुस हुन्छ ।
अर्को तिर आर्थिक सुदृढीकरणको आवश्यकता त्यत्तिकै मात्रमा छ । देशमा भइरहको भ्रष्ट्राचार नियन्त्रणमा स्थानीय सरकारको महत्वपूर्ण हात हुनु पर्छ । ठेक्का पट्टा वा उपभोक्ता समितिका कार्यमा गुणस्तरयुक्त कार्य सम्पदानको आवश्यकता छ । सबै जनताले खबरदारी गरौं, यसैमा नेपाली जनताको कल्याण हुने छ । स्थिर सरकारको दायित्व हुने छ । स्थानीय सरकारको सबैलाई महसुस हुने छ । त्यसैले राम्रो काममा ढिला नगरौं । बेलैमा कामको शुभारम्भ गरौं ।
(लेखक नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका उपाध्यक्ष हुन्)
प्रकाशित मिति २०७५ भदौ ३

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित