नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २९–गा“जा तथा कर छली अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ बयक्ताका २१ वर्षीय सुवाश राई र २३ वर्षीय अविन नेपाली पक्राउ परेका छन् । अवैध धन्दा सञ्चालन गरेको जानकारीपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार सात केजी गा“जा, एक सेट गा“जा बनाउ“ने मेसिन, १५ बोरा प्याकेट सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, दुई बोरा सुर्तीको प्याकेटमा राखिने स्टिकर, दुई थान फलामको दाउ र एक थान अचानो सहित असोज २८ गते बेलुकी पा“च बजे पक्राउ गरिएको हो ।
असोज २९ गते पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुलाई लागूऔषधसम्बन्धी मुद्दा दायर गरी म्याद थपेर अनुसन्धान थालिएको डिएस्पी चिमरीयाले सुनाए । राजश्व कर छलीमा पनि मुद्दा चलाउ“न करदाता सेवा कार्यालय खोटाङलाई पठाइएको डिएस्पी चिमरीयाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित