श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

  • प्रकाशित मितिः असोज २३, २०७७
  • 1151 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको ज्यान गएको छ । असोज २३ गते बिहान पा“च बजे श्रीमानको कुटाईबाट घाइते भएकी गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
खोटाङका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार बिहान नौ बजेर १५ मिनेट जादा दिक्तेल अस्प्ताल ल्याइएकी गिरीको उपचार हुन नसकेपछि काठमाडडौं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिकाको कदुवा पुगेपछि मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । कुटपिटको घटना लगत्तै फरार गिरीको खोजी भइरहेको डिएस्पी चिमरीयाले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित