केपिलासगढीले बैङ्कबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

  • प्रकाशित मितिः आश्विन २२, २०७७
  • 1178 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २२–केपिलासगढी गाउ“पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउ“न चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सुरु गर्ने भएको हो ।
सुरुमा उक्त पालिकाको वडा नं ४ बाक्सिला र वडा नं ५ सप्तेश्वरका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्तँ वितरण गरिने गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले बताए । त्यसपछि क्रमशः वडाका लाभग्राहीहरुलाई पनि बैंकबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिने राईले सुनाए । सामाजिक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्रचार गरेपछि मात्र गाउ“पालिकाले आर्थिक वर्ष २०७७÷७८ देखि अनिवार्य रुपमा बैङ्कमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष राईले बताए ।
बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि गाउ“पालिकाले आगामी पुस मसान्तभित्र आवश्यक कागजात लिएर दाबी बिरोधका लागि पञ्जिकरण शाखामा सम्पर्क गर्न लाभग्राहीलाई आग्रह गरेको छ । दाबी विरोधका लागि गाउ“पालिका भित्रका सामाजिक सुरक्षा भत्ता खाइरहेका लाभग्राहीको नामवाली गाउ“पालिका र सम्बन्धित वडा कार्यलयमा प्रकाशन गरिएको अध्यक्ष राईले बताए । भदौ ११ गते बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित