मर्द छोराको दश बिहे (कथा)

  • प्रकाशित मितिः आश्विन २१, २०७७
  • 977 पटक पढिएको
  • संवादताता

हरिमाया तिलुङ–
बागवहादुर हाम्रो गाउ“को खुब चर्चित नाम हो । उ जन्मिदा गाउ“भरका कोहि पनि उ जत्रो जन्मेका थिएनन् । जन्मिदादेखि न्वरान नभइन्जेलसम्मको समय अर्थात सातौं दिनसम्ममा उसको नाम बसिसकेको थियो बागबहादुर । एक त ठूलो जन्मेको र अर्काे कारण चाहि“ निदाउ“दा घुर्नुले सजिलै उसको नाम बागबहादुर बस्न गयो । उ हुर्किरह“दा परिवारका, छिमेकका सबैले बाघका विशेषताका बारेमा चर्चा गर्थे । सबले भन्थे क्या बाघै जस्तो ! आम्मामा ! बाघले त के चै गर्न सक्दैन र, त्यत्रा त्यत्रा गाईको बाछो सिकार गर्छ, बाख्राहरूको सिकारको त कुरै नगरौं, मान्छेले पालेको वस्तुको सिकार सजिलै गर्न सक्छ भने अरू जङ्गली जनावरहरूको सिकार त सामान्य हौ । है त बाघे ? बागबहादुर ध्यानमग्न भएर सुन्थ्यो । यो देखेर उनीहरू अझ थप्थे हेरन कस्तोरी बाघै बनुला झैं गरेको, बागले त बाख्राको रगतले मातेको बेला प¥र्याे भने त मान्छेलाई नै छोड्दैन रे, खान्छ रेन्त मान्छेलाई पनि, अर्काेले थप्थे आ.... हाम्रो बाघेले पनि कहा“ छोड्छ र, यसले झन् सिधै मान्छेको सिकार गर्ने छ मर्दाे छोराको दश बिहा ।
सब जना गलल्ल हा“स्थे बाघे मुसुक्क गर्थ्यो सँगै उसको बा आमा पनि । बाघे हुर्किदै गयो स्कुल पढ्न थाल्यो स्कुलमा नाम लेखायो बागबहादुर । पढाई उसको सामान्य थियो किताबी पढाईमा भन्दा बढी उसको ध्यान बहादुरीमै हुन्थ्यो किनभने स्कुलमा पनि उसको बहादुरीको बारेमा चर्चा परिचर्चा हुन्थ्यो । जेनतेन वार्षिक परीक्षामा पास चाहि“ हुन्थ्यो । यसरी उसले स्नातकसम्म पढ्यो । पढ्दै गर्दा बाको मृत्यु भाकोले घरको जिम्मेवारी उसको का“धमा आइप¥यो । विवाह ग¥यो, आमा हुनुहुन्थ्यो र पनि जिम्मेवारी उसको का“धमा आएकोले घर व्यवहार बागबहादुर, अर्म–पर्म बागबहादुर, मासुको थैलो बागबहादुर, विवाह पास्नी ब्रतबन्ध सबै सबैतिर बागबहादुर । टोल समाजमा विभिन्न किसिमका मान्छे र परिवारहरूको चक्रिय प्रणाली चलिरहेकै थियो । कोही काजी, कोहि जिम्मल, कोहि मास्टर, कोहि अगुवा, कोहि जमिन्दार त कोहि सामान्य र न्युन वर्गका । यसैबीचमा बहु बिहा गर्ने जिम्मल खलक पनि थिए । बागबहादुरलाई भने कता कता बहु बिहा गर्ने खलकसंगको सङ्गतको लोभ लागेर आउ“थ्यो । किनकि पहिलो कुरो उसलाई आफ्नो बहादुरी स्थापित गर्नु थियो । दोश्रो कुरो बहु बिहा गर्ने खलकले तीन श्रीमतीलाई आफ्नो प्रसस्त जग्गामा छुट्टाछुट्टै गरिखाओ भनेर छुट्टयाएर राखेको थियो । ती तीन श्रीमतीले आ–आफ्नै तरिकाले गरिखाएका थिए र तीनै जनाको लागि श्रीमान प्यारा । मिठो मसिनो खुवाउनलाई तीन जनाको होड्बाजी चलेको देखेर उ पनि लोभिन्थ्यो । उ उत्तिकै मिलनसार पनि थियो तास जुवा खेल्न नखेल्न, जा“ड रक्सी खान नखान, साथीभाइसंग डुल्न नडुल्न सब्बै कुरामा फिट थियो उ । सामाजिक कामप्रतिको लगनशीलता उत्तिकै थियो उसमा । यसै शिलशिलामा पल्लो गाउ“को रोड समितिको बैठकमा जा“दै गर्दा बाटोमा एक महिलाले तीन जना बच्चा सहित गिटी कुटिरहेको अवस्था जब देख्यो । असाध्यै कौतुहल भयो उसलाई । सानो बच्चालाई दूध चुसाउ“दै गिटी कुटिरहेकी आमा भन्दा सात वर्षे बच्चाले गिटी कुटिरहेको अवस्था र पा“च वर्षे बच्चाले आमालाई पछाडीबाट अङ्गालो हालिरहेको अवस्थाप्रति बढी केन्द्रित भयो उ । ती आमा र बच्चाहरूको इतिहासलाई नखोजी नपढी धरै दिएन उस्को मनले उसलाई । अन्ततः बुझ्यो ती महिलाको पहिलो विवाह धुमधाम, इज्जत साथ भएको हो । विवाह भएको तीन महिनापछि उनको श्रीमान् विदेश गयो, त्यतिबेला तिनी गर्भवती भइसकेकी थिइन् । एक सन्तान छोरी जन्मियो । श्रीमती र बच्चालाई सुखमा राख्ने उद्देश्यले श्रीमानले भिसा विदेशमै पुनः रिन्यु गरी चार वर्ष उतै बस्ने क्रममा मेसिनमा परेर श्रीमानको मृत्यु भयो । यस बीचमा श्रीमतीको मनलाई कदर गर्ने, भावना बुझिदिने, दुख पर्दा सहयोग गर्ने गाउ“कै साइनोले भतिज पर्नेसंग श्रीमतीको कुरा काटियो । उनलाई भतिजसंग सामाजिक बहिस्कार गरियो, छोरीसंग छुट्टाइयो र दुई काकी भतिजलाई गाउ“ निकाला गरियो । काकी भतिजसंगै बाटो लागे केही पर पुगेपछि दुईको बाटो छुट्यो, आ–आफ्नो बाटो लागे । त्यसपछि ती महिलाले एक्लो जिउन गाह्रै भयो एकजना छोडुवासंग विवाह गरिन् । दिन रात जा“ड रक्सी खाने, श्रीमती कुट्ने छोडुवाको ड्युटीजस्तै थियो । हु“दा हु“दा एकदिन श्रीमतीलाई जा“डखाको झोकमा खुकुरीले हानेर घरबाट निस्केको फर्केर नआएपछि श्रीमतीले गर्भमा रहेको सहित तीन बच्चालाई लालन पालनको लागि पसल सुरू गरिन् । जहा“ एक मुरी अन्न किनेर दशपाथीको बच्चाहरूसंग भात खान्थिन् भने बा“की दश पाथीको रक्सी बनाएर बेच्थिन् अनि एकमुरी अन्नको सा“वा रकम बनाएर साहुलाई बुझाउ“थिन् । फेरि उधारो अन्न ल्याउ“थिन् नियमित रूपमा त्यसै गर्थिन् । उनको पसल खुब चल्थ्यो लोकल रक्सी भनेपछि मान्छेहरू ओइरो लाग्थे, प्राय केटाहरू । आधा रातसम्म पनि बस्थे । यो देखेर यहा“ पनि मान्छेहरूले बा“की राखेनन् कुरा काट्न । गाउ“ निकाला गर्नु पर्छ, बच्चाहरूसंग बस्ने अधिकार छैन यस्ता चरित्रहीन आइमाइलाई, खेदाउ“नुपर्छ जस्ता गालीगलौज गरे वरिपरिका सबले । स्वार्थी मान्छे ! बलेको आगो ताप्ने हो बरै † ती बच्चाहरूको जिम्मा कस्ले लिने र ? । त्यहि दिनदेखि उनले त्यो गाउ“ छाडी र बच्चाहरूसंगै यहा“ आएर यो गिटी कुट्ने पेशा सुरू गरेकी हो । 
उनको मुखबाट उनको इतिहास पूरै सुनेपछि बागबहादुर फर्कियो । हरेकपल उसको मानस्पटलमा उनको जीवनी र इतिहास आइरह्यो । उसले एक महिनासम्म सोच्यो त्यही कुरा । फेरि अर्को निर्णय ग¥यो अब फेरि जान्छु अनि विवाह गर्छु तिनलाई र यो घरको, समाजको सबभन्दा बढी इज्जत दिएर, उनको नाम जस्तै सुन्दर बनाएर राख्छु उनलाई । अनि उनको पहिलो श्रीमानले सोचेको १) सुख दिन्छुमा उनको सुख भन्नु विवाहको मतलव जस्तोसुकै दुख र सुख बा“डेरसंगै जीवन बिताउनु हो भन्ने सिद्धान्त लागू गराउ“छु, २) उनको कुरा काटिनुमा उनको श्रीमानको पनि उत्तिकै भूमिका थियो नत्र छोडेर जा“दैनथ्यो । र ३) मान्छे संसारमा जतिसुकै विद्वान किन नहोस तर प्रकृति भन्दामाथि जान सक्दैनन् जसरी पा“च वर्षे बच्चाले आमालाई सिर्फ (आमा) देख्छ र अङ्गालोमा बा“धिरहन्छ । यी सिद्धान्त उनको जीवनमा लागू गराउ“छु भनी जब बागबहादुर त्यो ठाउ“ पुग्यो तिनी त त्यहा“बाट हिडिसकेकी रहिछन् । सोच्यो सायद त्यसलाई अर्काे दुख आइलाग्यो अनि यो ठाउ“ पनि छाडिन् । आजभोलि बागबहादुरले ‘प्रकृति सेवा केन्द्र’ खोलेर सामाजिक अभियानताको रूपमा काम गर्छ । (महिला जागरण, महिला शैक्षिक सहभागिता, महिला सशक्तीकरण जःता विषय समेटिन्छन्) जहा“ तिनको (फुलमाया“को) तीन सिद्धान्त कार्यान्वयन हुन्छ ।
प्रकाशित मिति २०७७ असोज २१

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित