नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १७–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा असोज १६ गते राती स १ त ६६८० नम्बरको ट्याक्टर दुर्घटना हुदा दिप्रुङ चुइचुम्मा गाउ“पालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।
दिक्तेलबाट जस्तापाता बोकेर टेम्मा जादै गरेको ट्याक्टर लफ्याङस्थित साप्सु कालिका हाइड्रोपावर नजिकै घुम्तीमा पल्टिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । डिएस्पी चिमरीयाका अनुसार ट्याक्टरमा छ जना सवार थिए । ट्याक्टरको ट्रलीले किचेर मृत्यु भएको डिएस्पी चिमरीयाले सुनाए । साकेला गाउ“पालिका–४ घर भएका ट्याक्टरका चालक २१ वर्षीय मिशन राई प्रहरी नियन्त्रणमा छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको डिएस्पी चिमरीयाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित