नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १५–जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा एक महिला मृत फेला परेकी छन् । स्थानीय ६० वर्षीय ठकुरी राई स्थानीय तापखोलामा बिहीबार विहान मृत फेला परेकी हुन् ।
बुधबारदेखि सम्पर्क बिहीन राई बिहीबार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । सम्पर्क विहीन भएपछि खोजी गर्दा पानीले बगाएर बगरमा अड्किएको अवस्थामा फेला परेको डिएस्पी चिमरीयाले सुनाए ।
राई खोलामा फड्ने तर्ने क्रममा खोलामा पानीमा खसेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनी माइतीबाट घर फर्कने क्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरी चौकी खार्ताम्छामा अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित