सामाजिक सुरक्षाभत्ता पारदर्शी बनाउने जुक्ति

  • प्रकाशित मितिः आश्विन ८, २०७७
  • 654 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ८–साकेला गाउ“पालिकाले सामाजिक सुरक्षाभत्ता पारदर्शी बनाउ“न सेवाग्राहीहरुको नामावली सार्वजनिक गरेको छ । मृत्यु भएका, बसाइ“ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुने सम्भावनालाई मध्यनजर गर्दै नामावली सार्वजनिक गरेको हो ।
गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार कागजात बनाएर सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको पाइएपछि त्यसलाई रोक्न यसो गरिएको हो । ‘मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोर्याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको पाइयो ।’ खड्काले भने–‘आगामी दिनमा यस्तो हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।’
उक्त गाउ“पालिकाले आफ्नो वेबसाइटमार्फत पा“च वटै वडाका सामाजिक सुरक्षाभत्ता पाउने एक हजार २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दावी विरोधका लागि वडा नम्बर–१ बा“झेच्यानडाँडाका तीन सय ५५ जना, वडा नम्बर–२ रतन्छाका दुई सय ९८ जना, वडा नम्बर–३ खिदिमाका एक सय २७ जना, वडा नम्बर–४ मात्तिमका दुई सय ५९ जना र वडा नम्बर–५ मात्तिमका एक सय ७५ जनाको नामावली सार्वजनिक गरिएको छ ।
प्रथम चौमासिकमा (साउन–कातिक) कुल एक करोड १९ लाख ३६ हजार सामाजिक सुरक्षाभत्ता निकासा गरिएको गाउ“पालिकाले जनाएको छ । अघिल्लो चौमासिकमा एक करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकामा ‘नक्कली व्यक्ति’को नाम कटाउन थालेपछि यो चौमासिकमा एक करोड १९ लाख ३६ हजारमा झरेको लेखा शाखाका प्रमुख उत्तम आचार्यले बताए ।
सूचना प्रकाशित गरेपछि त्यसमाथि दावी विरोध गरी सामाजिक सुरक्षाभत्ता पाउने वास्तविक व्यक्तिको निक्र्योल हुने र सामाजिक सुरक्षाभत्ताको मात्रा थप घट्ने गाउ“पालिकाको आ“कलन छ । सामाजिक सुरक्षाभत्ता वितरणमा त्रुटि देखिएपछि लगत कटाउ“दा वडा नम्बर–१ बा“झेच्यानडाडा“मा ४४ लाख वितरण हुने गरेकामा ३६ लाख ५७ हजारमा झारिएको छ ।
यस्तै वडा नम्बर–४ मात्तिममा ४२ लाख वितरण हुने गरेकामा हाल २१ लाख २० हजार, वडा नम्बर–५ मात्तिममा ३७ लाख वितरण हुने गरेकामा अहिले १९ लाखमा झरेको छ । अन्य वडाको तुलनामा वडा नम्बर–२ रतन्छा र वडा नम्बर–३ खिदिमामा मात्र सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावली यकिन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित