तीन कविता (कविता)

  • प्रकाशित मितिः आश्विन ७, २०७७
  • 1339 पटक पढिएको
  • संवादताता

विष्णु उपरकोटी-

१) समाजवाद  :
‘समाजवाद’ बलियो खशीको
टाउको हो ।
जुन टाउको देखाएर
हाम्रा शासकहरूले
वर्षौदेखि
‘बर्बाद’ कुकुरको मासु बेचिरहेछन् ।
२) दूरी  :
उसले आफ्नो सङकल्प पूरा
गर्न मलाई बिर्सिदिई
मैले आफ्नो सङ्कल्प पूरा
गर्न उसलाई सम्झिदिए
आज
म हामी बीचको दुरी–
पत्ता लगाउ“न हासो

रोदनको नापी विभाग खोलेर बसेको छु ।
अहिले
केही“ हसिला कर्मचारीहरूले
रहस्यको उपकरणले नापिरहेछन्,
उनको र मेरो सम्बन्धको दूरी ।
३) उद्घाटन :
संस्कृतका केही श्लोकहरूले
एकजोर बृद्ध आ“खा जिस्काइरहेछन् ।
किन कि आज,
टुकीहरूको मधुरो रेटिनामा–
बिजुलीको उत्ताउलो प्रकाश् उद्घाटन भएको छ ।।।
प्रकाशित मिति : २०७७ असोज, ७

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित