विष्णु उपरकोटी-
१) समाजवाद :
‘समाजवाद’ बलियो खशीको
टाउको हो ।
जुन टाउको देखाएर
हाम्रा शासकहरूले
वर्षौदेखि
‘बर्बाद’ कुकुरको मासु बेचिरहेछन् ।
२) दूरी :
उसले आफ्नो सङकल्प पूरा
गर्न मलाई बिर्सिदिई
मैले आफ्नो सङ्कल्प पूरा
गर्न उसलाई सम्झिदिए
आज
म हामी बीचको दुरी–
पत्ता लगाउ“न हासो
र
रोदनको नापी विभाग खोलेर बसेको छु ।
अहिले
केही“ हसिला कर्मचारीहरूले
रहस्यको उपकरणले नापिरहेछन्,
उनको र मेरो सम्बन्धको दूरी ।
३) उद्घाटन :
संस्कृतका केही श्लोकहरूले
एकजोर बृद्ध आ“खा जिस्काइरहेछन् ।
किन कि आज,
टुकीहरूको मधुरो रेटिनामा–
बिजुलीको उत्ताउलो प्रकाश् उद्घाटन भएको छ ।।।
प्रकाशित मिति : २०७७ असोज, ७
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित