जीवन गीत गाउ“मै छ साइला (कविता)

  • प्रकाशित मितिः आश्विन ६, २०७७
  • 1063 पटक पढिएको
  • संवादताता

प्रेमिला राई-
कविता गाउ“मै छ साइला
गाउ“मै छ सुसज्जित दुलही र उग्रचण्डी काली
तिमीलाई इश्वरप्रति विश्वास भए इश्वर पनि गाउ“मै छ
खेत खलियान जीवन गाउ“मै त छ ।
तिमीले फेरिरहेको श्वास
मैले पठाएको हु“
बतासको साथ लाएर
हरेक बिहान उदाउने
घामको उज्यालो
यतै गाउ“को स्पर्श बोकेर पुगेको हो तिमीसम्म ।
केही नभएजस्तो लागे पनि
सबथोक गाउ“मै त छ साइला ।
गाउ“मै छ हृदयस्पर्शी कथाहरु
कथाभित्रका यथार्थहरु बोकेर
हरेक बिहान मुस्कुराउ“छ गाउ“
चिरबिराउछन् चराहरु, सुसेल्छन् ठिटाहरु ।
गाउ“मै छ चरम आनन्द
थकान बिसाउन रोधी गाउने गाउ“मै हो
च्याब्रुङको तालमा पिरती लाउने गाउ“मै हो
चराहरुको लय टिपेर बुनेको सिलोक गाउ“मै छ साइला ।
गाउ“मै छ तिमीले भन्दै हि“डेको पहिचान
तिमीले गाउ“दै हि“डेको सभ्यता
तिमी गाउ“ फर्क साइला
गाउ“मै छ स्वाभिमानको पहाड ।
गाउ“मै हो पधे“रामा ठिटीहरु खित्काउने
चराहरुले बचेरा कोरल्ने
गाउ“मै त हो गुरा“ससंगै कयौं जोवान फुल्ने
हो साइला गाउ“मै छ जीवनको इन्द्रेणी ।
गाउ“मै छ साइला
तिमीले लेख्ने कविताका तहतह पङ्तिहरु गीतको स्थायी र अन्तरा
उपन्यासका अध्यायहरु
गाउ“मै छ तिमीले बोल्ने भाषा
मादलको धिन्ताङ र मालश्रीको भाका
सोइ ढोले सोइ साकेलाको सिली
दुःखमा तिमीसंगै रोइदिने पहाड,नदी, रुख, चरा, जीवहरु
सुखमा तिमीसंगै मुस्कुराउने फूल, जुन, बतास
यी सप्पै गाउ“मै त छ
मिठो जीवनगीत गाउ“मै छ साइला ।
कति उचाल्छौ थेग्न नसक्ने भारी ?
कति नापिरहन्छौ टेक्न नसक्ने भुइ“ ?
भो उतै छोडेर आउ उराठ यी कहरहरु
गाउ“ फर्केर आउ साइला
बाहिर निकाल्नु छ केटाकेटीहरुलाई
टेलिभिजन र युटुबको बन्द कोठाबाट
सिकाउनु छ भित्ते, खुट्टे, गिर र डन्डीबियो
गाउ“नुछ कोक्पाहरुसंगै सिलोक
बजाउ“नु छ बिनायो
जीवनको मीठो लय गाउ“मै छ साइला ।।।
प्रकाशित मिति २०७७ असोज ६

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित