प्रहरीलाई फेस शिल्ड

  • प्रकाशित मितिः आश्विन २, २०७७
  • 1010 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २–कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा खटिने प्रहरीका लागि फेस शिल्ड प्रदान गरिएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले तीन सय थान फेस शिल्ड असोज २ गते हस्तान्तरण गरेका हुन् ।
उक्त सामग्री प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले बुझेका हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी सुरक्षामा खटिने प्रहरीमा सर्न सक्ने सम्भावना भएकाले फेस शिल्ड उपलब्ध गराइएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।
जिल्ला सुरक्षा समितिका संयोजक एमव् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बन्दाबन्दी हटेसँगै कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना बढी भएकाले सतर्कता अपनाउन जिल्लावासीलाई सार्वजनिक सूचना मार्फत आग्रह गरिएको बताए । हस्तान्तरण गरिएको फेस शिल्ड जिल्लाका सबै स्थानीय तहका प्रहरी चौकीमा पठाइने डिएस्पी चिमरीयाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित