अब यातायात, पर्यटन, होटल संचालन गर्न पाइने

  • प्रकाशित मितिः आश्विन १, २०७७
  • 940 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १–सरकारले यातायात, पर्यटन, होटल, शैक्षिक दूरशिक्षा लगायत संचालन गर्न दिएको छ । कोरोना सक्रमणका कारण सरकारले यातायात, पर्यटन, होटल लगायतमा लगाएको बन्देज फुकुवा गरेको हो ।
जिल्ला प्रशासन कार्यलय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईद्वारा असोज १ गते जारी सूचनामा विभिन्न मापदण्डहरु पूरा गरी यातायात संचालन गर्नुपर्ने जनाएको छ । उक्त सूचना अनुसार सिटक्षमताको ५० प्रतिशत मात्र यात्रु हुनुपर्ने, भौतिक दूरी कायम गरी १ सिटमा १ ब्यक्ति मात्र राख्नु पर्ने, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने उल्लेख छ । त्यस्तै चालक तथा सहचालकले मास्क, भाइजर र पन्जा अनिवार्य लगाउनु पर्ने, यात्रु चढेको बेला ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको ब्यवस्थापन गर्नुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने सूचनामा उल्लेख छ । यो अवस्थामा तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म भाडा थप लिन सक्ने समेत सूचनामा उल्लेख छ ।
सूचनामा आन्तरिक हवाई उडान समेत संचालन गर्न पाउ“ने उल्लेख छ । हवाई उडान गर्दा सिटक्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने, भौतिक दूरी कायम गरी एक ब्यक्तिको सिटमा एक ब्यक्ति मात्र राख्न पाउ“ने, सबै यात्रुले मास्क र भाइजर लगाउनु पर्ने सूचनामा उल्लेख छ । त्यस्तै यात्रु चढेको बेला ढोकामा र प्रत्यक सिटमा सेनिटाइजर ब्यवस्था गर्ने, बिमान चालक तथा अन्य उडान कर्मचारीहरुले मास्क भाइजर र पन्जा अनिवार्य रुपमा लगाउनु पर्ने, बिमानलाई प्रत्यक उडानपछि निसङ्क्रमित गर्ने जारी सूचनामा उल्लेख छ । यो अवस्थाामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निर्धारण गरेको भाडादर लागू हुने उल्लेख छ ।
पदयात्रा प्रयोजनका लागि भने नेपाल आउ“ने विदेशी पर्यटकहरुलाई यात्रा सुरु गर्नु भन्दा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएको सहित यात्रा गर्न चाहेमा २०७७ कात्तिक १ गतेदेखि विदेश स्थित नेपाली नियोगले जारी गरेको प्रवेशाज्ञा अनुमती हुनुपर्ने सूचनामा उल्लेख छ । होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल ब्यवसाय संचालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त मापदण्ड पालना गरेर २०७७ असोज १ गतेदेखि संचालन गर्न पाउ“ने उल्लेख छ ।
विकास आयोजना संचालनका लागि आवश्यक प्राविधिक जनशक्तिलाई आयोजना संचालन गर्ने सम्बन्धित मन्त्रालयको सिफारिसमा पीसीआर रिपोर्ट नेगेटिभ भएको ७२ घण्टा भित्रको सहित आयोजनाले ब्यवस्था गरेको आवासमा अनिवार्य रहने गरी नेपाल प्रवेश गर्न अनुमति लिएको हुनुपर्ने उल्लेख छ । शिक्षण तथा सिकाईको सन्दर्भमा दूरशिक्षा लगायत उपलब्धता र उपर्युताको आधारमा गर्न सक्ने उल्लेख छ । सवै कार्यालय एबम् संघ संस्थाले नियमित कार्यालय संचालन गर्ने र सेवा प्रधान गर्दा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड कडाइका साथ पालना गनुपर्ने छ । सूचनामा शैक्षिक संस्थाहरु, शैक्षिक र अन्य परीक्षा संचालन, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन गर्न रोक लगाइएको छ । सूचनामा सिनेमा हल, पाटीप्यालेस, डान्सबार, लगाएतको मनोरञ्जनमा समेत रोक लगाएको छ । सैलुन, ब्यूटीपार्लर संचालनमा रोक लगाइएको छ । स्वीमिङपुल, जिमखाना लगायतका हेल्थ क्लब, समूहमा खेलिने खेल्कुद र खेल मैदानमा हुने प्रस्तुतिमा रोक लगाइएको छ । अन्तराष्ट्रिय खेलकुदका प्रशिक्षणमा समेत रोक लगाइएको छ । सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखानामा समेत रोक लगाएको छ । अति आवश्यक कामका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, साबुन–पानीले नियमित हात धुनु पर्ने लगायतका स्वास्थ्य सुरक्षा पालना गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित