सविना अछामे–
खोटाङ, भदौ ३१–जिल्ला संर्घष समिति खोटाङले जागरण अभियान सुरु गरेको छ । वर्तमान अवस्थामा पनि समाजमा विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि अभियान सुरु गरेको हो ।
अभियान अन्तरगत भदौ २५ गते बुइपा, २६ गते च्यास्मिटार र वडहरे २७ गते मङ्गलटार, २८ गते दुर्छिम, २९ गते बाुहनीडाडा“, ३० गते धितुङ, ३१ गते सल्लेमा संघर्ष वडा समिति गठन तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । भदौ १ गते अर्खोले र २ गते हलेसी पनि संघर्ष वडा समिति निर्माण तथा अभियान सञ्चालन गर्ने जिल्ला संघर्ष समिति खोटाङका संयोजक दीपक ठटालले बताए । ‘वर्तमान अवस्थामा पनि पुरातन चिन्तन कायमै छ ।’ ठटालले भने–‘यसको अन्त्यका लागि अभियान जारी राख्नु पर्छ ।’
कार्यक्रममा दलित अभियान्ता सहभागी छन् । कार्यक्रममा संयोजक दीपक ठटाल, सहसंयोजक रस्मी रसाइली, सचिवालय सदस्य विष्णु उपरकोटी, सचिवालय सदस्य विशाल विश्वकर्मा, हलेसी तुवाचुङ नगरपालिकाका कार्यपालिका सदस्य दीपक रहपाल, हलेसी तुवाचुङ नगरपालिकाका कार्यपालिका सदस्य जालबहादुर परियार, साकेला गाउ“ कार्यपालिका सदस्य तथा संघर्ष समितिका सचिव मिलन चाहार लगायतको सहभागिता छ । यो अभियान सबै पालिकाहरुमा सञ्चालन गरिने ठटालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित