भत्किए सडक

  • प्रकाशित मितिः भदौ २९, २०७७
  • 1317 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २९–निर्माणाधीन मध्यपहाडी लोकमार्ग बनिनसक्दै भत्किन थालेको छ । बाझेच्यानडाडा“–दिक्तेल सडक, दिक्तेल–हलेसी लगायत राष्ट्रिय गौरवका सडक तथा अन्य सडकहरु निर्माणाधीन अवस्थामै भत्किन थालेको हो ।
बा“झेच्यानडाडा“–दिक्तेल सडक नसकिदै भत्कन थालेको छ । उक्त सडक खण्ड अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोर्पा, नेर्पा, सोल्मा लगायतका ठाउ“हरुमा सडक नसकिदै भत्कन थालेको स्थानीयको गुनासो छ । उक्त ठाउ“हरुमा सडकको छेउ, कल्भर्ड, भित्ता र टेवापर्खाल भत्किएको हो । कतिपय ठाउ“को कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउ“मा फिलिङमाटोमाथि नै पिच गरिएकाले चर्किएको स्थानीयले गुनासो गरेका छन् । भत्किएको कल्भर्ड, चर्किएको पिच लगायतलाई टालटुल पारेर आ“खा छल्न खोजिएको भन्दै यसप्रति ध्यान दिनु पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडा अध्यक्ष माधव राईले बताए । गुणस्तरहीन काम भएकाले सडक नसकिदै भत्किएको राईको गुनासो छ । ‘सडक नसकिदै भत्किन थालेको छ ।’ वडाअध्यक्ष राईले भने–‘गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नु पर्छ ।’ 
उक्त सडक निर्माणको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको हो । उक्त निर्माण कम्पनीले बा“झेच्यानडाडा“देखि दिक्तेलसम्मको (८८ किलोमिटर) सडक निर्माणको ठेक्का लिएको थियो । च्यानडाडा“देखि दिक्तेलसम्मको सडक चार वटा प्याकेजमा निर्माणाधीन अवस्थामा छ । यसमध्ये एक नम्बर च्यानडाडा–पेलुङसम्मको (१० किलोमिटर) ६० प्रतिशत, दुई नम्बर प्याकेज पेलुङ–दारुलासम्म–८ किलोमिटर) ७० प्रतिशत, तीन नम्बर प्याकेज दारुला–कालिखोला नौ किलोमिटर–८० प्रतिशत मात्र काम भएको छ । चार नम्बर प्याकेज अन्तरगत कालिखोला–दिक्तेल (नौ किलोमिटर) सडक भने निर्माण सकेर सडक विभागलाई बुझाई सकेको निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । अन्य सडक निर्माण भूकम्प, कोरोना लगायतका कारण ढिलाई भएको सेर्पाको दाबी छ । 
उसो त यो सडक खण्डमा आठ वटा पुलमध्ये चार वटा मात्र सकिएको छ । आठमध्ये चार वटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । कालिखोला, साप्सुखोला, लप्सेखोला, दाम्देखोलाको सडक पुल सकिएको छ । अन्यको भने अत्तोपत्तो नभएको सेर्पाले सुनाए । बेलामा पुल नबन्दा सडकको लाइनिङ गर्न समेत समस्या भएको सेर्पाको भनाई छ । सडक सकिएको खण्डमा पर्ने भालुखोला, छेपेखोला लगायतको पुल नबन्दा उक्त ठाउ“मा सडक अपूरै छ । उक्त भालुखोला, छेपेखोला, मेवाखोलाको सडक पुलको टेन्डर प्रक्रिया नै नबढेकाले समस्या भएको छ । यो सडक खण्डमै पर्ने भुल्के खोलाको पुल पनि अलपत्र छ ।
दिक्तेल–हलेसी सडक पनि भत्कियो : 
दिक्तेल–हलेसी सडक पनि कालोपत्र भएको एक वर्ष नबित्दै भत्किन थालेको छ । ठाउ“–ठाउ“मा भत्किएर खाल्डो परेको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्नुका साथै निर्माण चरणमा लापरबाही भएकाले यस्तो भएको स्थानीयको गुनासो छ । एसियाली विकास बैङ्क (एडिबि)को लगानीमा दिक्तेलबजारको रत्नपार्क किरातचोकदेखि हलेसीको ३६ किलोमीटर सडकको विभिन्न ठाउ“मा कालोपत्र भत्किएको हो ।
एडिबिको ४६ करोड ८९ लाख ९२ हजार दुई सय २७ रुपैया“का लागतमा साडे छ मिटर चौडाई मध्ये पा“च मिटर चौडाईमा कालोपत्र गरिएको छ । उक्त सडक तीन वटा प्याकेजमा कालोपत्र गरिएको हो । हलेसीदेखि विजुलेसम्मको १२ किलोमीटर १५ करोड ५२ लाख ५१ हजार छ सय ९६ रुपैया“, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर १५ करोड ८९ लाख ३४ हजार पा“च सय ५२ रुपैया“ र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमीटर १५ करोड ४८ लाख पा“च हजार नौ सय ७८ रुपैया“को लागतमा सम्पन्न भएको हो ।
हलेसीदेखि विजुलेसम्मको १२ किलोमिटर खण्ड लुम्बिनी–कन्काई–सूर्य, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर लामा–नागार्जुन र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमीटर लामा–नागार्ज‘न–त्रिसुली जेभीले लिएको थियो । तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठ १६ गते ठेकेदार कम्पनीसंग सम्झौता भए पनि पा“च वर्षमा मात्र गत असोजमा मात्रै कालोपत्र सम्पन्न भएको थियो । यद्यपि सडक विभागलाई भने बुझाउ“न बा“की रहेको लामा–नागार्जुन–त्रिसुली जेभी सम्बद्ध राजाराम आचार्यले बताए । उनका अनुसार कालोपत्रको सम्पूर्ण काम वर्ष दिनअघि नै सम्पन्न भएको र ठाउ“–ठाउ“मा भत्किएकाले मर्मत गरेर मात्रै बुझाइने आचार्यले सुनाए । ‘टेक्निकल समस्या आएका ठाउ“हरुमा कम्प्लिट गरेर मात्र बुझाइन्छ ।’–आचार्यले भने–‘यसमा कोही भ्रममा पर्नै हुन्न ।’
अल्छेढुङ्गा–अस्पताल सडक पनि उस्तै :
दिक्तेल अस्पतालचोक–मात्तिम–टेम्मा सडकमा गरिएको ढलान ठेकेदारको लापरबाहीले दुई महिना नबित्दै भत्किएको छ । पूर्वाधार विकास कार्यालय उदयपुरको ४४ लाख छ हजार तीन सय ६८ लागतमा ढलान सम्पन्न गर्नेगरी अर्थ विल्डर्स कन्ट्रक्सन प्रालिले ढलानको जिम्मा लिएको थियो । कमसल निर्माण सामग्री प्रयोग गरेका कारण ढलान भत्किएको स्थानीयको गुनासो छ । भत्किएको ठाउ“मा ठेकेदार कम्पनीले चा“डै मर्मत नगरे नगरपालिकाले कारबाही गर्ने नगरप्रमुख दीपनारायण रिजालले बताए । निर्माण कम्पनी सम्बद्ध शशी राईले भत्किएको ढलान मर्मत गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित