प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • प्रकाशित मितिः भदौ २८, २०७७
  • 1204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ भदौ २८–विभिन्न ठाउ“मा दलित समुदायमाथि हत्या र आक्रमण गरिएको भन्दै राष्ट्रिय दलित पत्रकार संघ र संयुक्त संघर्ष समिति, खोटाङले प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् । पछिल्लो समय दलित समुदायमाथि हत्या र आक्रमण बढेकाले यसमा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै भदौ २८ गते प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ खोटाङकी अध्यक्ष सविना अछामे र संयुक्त संघर्ष समिति, खोटाङका सचिवालय सदस्य पर्शुराम विश्वकर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ–‘पछिल्लो समय देशभरि भइरहेका जघन्य अपराध गर्नेमाथि कानुनी कारबाहीका लागि सरकार समक्ष जोडदार माग गर्दछौं ।’ ज्ञापनमा भनिएको छ–‘जघन्य अपराधका दोषीलाई सरकारले कारबाही नगरे हामी सशक्त आन्दोलनमा होमिने छौं ।’ 
ज्ञापन पत्रमा दोषीलाई कारबाहीको पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग लगायतका मानवअधिकारकर्मीहरु, सञ्चारकर्मीहरु लगायतलाई अनुरोध गरिएको छ । उक्त ज्ञापनमा कैलाली धनगढी उपमहानगरपालिका–१ का १९ वर्षीय रोशन विश्वकर्मालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई हिरासतमा रहेकै बेला मृत्यु भएको, कञ्चनपुर बेलडा“गी गाउ“पालिका–२ चवन्नी गैराकी १६ वर्षीया दलित बालिकालाई अपहरण गरी ५ दिनसम्म बन्दी बनाएर सामुहिक बलात्कार गरेको र अन्तरजातीय प्रेम गरेकै कारण अछामको रामारोशन गाउ“पालिका–२ वीरसैनका प्रकाश टमटा र केशरी रावललाई केशरीका आफन्त तथा स्थानीयले मरणासन्न हुने गरी कुटपिट गरेको भोलिपल्ट केशरीले आत्महत्या गरेकी लगायतको घटना उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित