विवादमा सहरी खानेपानी आयोजना

  • प्रकाशित मितिः भदौ २६, २०७७
  • 1221 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २६–दिक्तेल सहरी खानेपानी आयोजना विवादमा फसेको छ । स्थानीयको मागप्रति उदासीन बनेर जबरजस्त पानी लैजान खोजेको भन्दै स्थानीयले विरोध जनाएपछि विवादमा फसेको हो । 
उक्त आयोजनको पानीको मुहान उपभोग गरिरहका सोल्मा र नेर्पाका स्थानीयले विरोध जनाएका हुन् । उनीहरुले राखेको विभिन्न माग पूरा गरेपछि मात्र पानी दिने स्थानीयले अडान कसेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ काहुले मुहानको पानी स्थानीयको मागलाई बेवास्ता गर्दै जबरजस्त लैजान खोजिएकाले अबरोध गरेको वडा नं ६ नेर्पाका वडाअध्यक्ष माधव राईले बताए । ‘स्थानीयको मागलाई बेवास्ता गरेर जबरजस्त लैजान खोजिएकाले अबरोध गरेका हुन् ।’ अध्यक्ष राईले भने–‘विकल्प नदिई जबरजस्त लैजान खोजेपछि यो अवस्था आएको हो ।’
सोल्माको रम्बाखोला र माझखोलाबाट पनि जबरजस्त पानी लगिएको खानेपानी समन्वय समितिका संयोजक धनिराम राईले बताए । उक्त खोलामा बाध बा“धेर पानी लगिएको र यसले स्थानीयलाई पानी अभाव हुने र खेतीयोग्य जमिन समेत प्रभावित हुने भएकाले रोक्नु परेको राईले सुनाए । उनका अनुसार गत वर्ष गरेको संझौता पूरा नगरी  नगरपालिका र दिक्तेल शहरी खानेपानी आयोजनाले हेवाहा प्रबृत्ति देखाएकाले बन्द गर्न वाध्य हुनु परेको राईको भनाई छ । ‘गत वर्ष नै विभिन्न १२ बुदे सहमती गरी पानी दिने सहमती भएको थियो ।’ राईले भने–‘तर गत वर्ष गरेको संझौता पूरा नगरेकाले बन्द गर्नु पर्ने अवस्था आएको राईले सुनाए ।
राईका अनुसार सोल्मामा खानेपानी आयोजना सञ्चालन गर्नु पर्ने, रिचार्ज पोखरीहरु निर्माण गर्नु पर्ने, शहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्माबासीलाई राखिनु पर्ने, सोल्मालाई विशेष क्षेत्र बनाई त्यसै अनुसार योजनाहरु सञ्चालन गर्नु पर्ने लगायत विभिन्न १२ बुदे सहमती गरिएको थियो । उक्त सहमती पूरा नगरी नगरपालिका र शहरी खानेपानी आयोजनाले हेपाहा प्रबृत्ति देखाएको स्थानीयले बताए । ‘पानी दिनै हुदैन भन्ने होइन, तर गत वर्ष गरेको सहमती पूरा नगरेपछि बन्द गरिएको हो ।’ उनले भने–‘अब माग पूरा नभएसम्म पानी दिइदैन ।’
उक्त आयोजना अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेलबजार, आचार्यगाउ“ र बाम्राङका एक हजार ४९ घरधुरीलाई पानी उपलब्ध गराउ“ने योजना थियो ।  करिब २२ करो ५६ लाख रुपैया“को लागतमा सम्पन्न हुने उक्त आयोजना दश महिनामा सक्ने गरी गत चैतमा संझौता भएको थियो । यसमध्ये एशियाली विकास बैंक (एडिवि)को यसमध्ये एडिविको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुने दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नवराज जोशीले बताए । अहिलेसम्म करिब ६५ प्रतिशत मात्र काम सकिएको जोशीको भनाई छ । बा“की ३५ प्रतिशत कामका लागि दश महिनाको समय थप्ने प्रक्रिया बढाइएको जोशीले सुनाए ।
जोशीका अनुसार माझखोला मुहानको काम सकिएको छ । रम्बाखोलाको करिब दुई सय मिटर पाइप गाड्न बा“की छ । बेसक्याम्पमा एक लाख ७५ हजार लिटर, क्याम्पसडाडा“मा एक लाख ५० हजार लिटर र हाठडाडा“मा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण सकिएको छ । अल्छेढुङ्गा र थापागाउ“को फिल्टर प्लान भने बा“की छ । बजार क्षेत्रको पाइपलाइन वितरण सकिएको जोशीले सुनाए । नेर्पास्थित काहुले मुहानको भने काम बा“की नै रहेको जोशीले सुनाए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने उक्त समस्या छिट्टै नै टुङ्गो लाग्ने बताए । गत वर्ष भएको सहमती अनुसार सोल्मा क्षेत्रको खानेपानी योजनाका लागि दुई करोड २० लाख छुट्टयाइएको बताए । सहमती भएअनुसार अन्य काम पनि हुने रिजालले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित