बृद्धबृद्धा हत्या प्रकरण : पैसा नदिएपछि हत्या

  • प्रकाशित मितिः भदौ 23, 2077
  • 1504 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २३–चर्चित बृद्धबृद्धा हत्या प्रकरणमा संलग्न आरोपमा स्थानीय ३३ वर्षीय दुर्गाबहादुर राई पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउ“पालिका–४ डम्वर्खुशिवालयका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया“ श्रेष्ठको हत्या अभियोगमा राईलाई पक्राउ गरिएको भदौ २३ गते प्रहरीले सार्वजनिक गरेको हो ।
गत भदौ १७ गते राती करिब १२ बजे खुकुरी प्रहार गरी दाजु बहिनीको हत्या गरेको अभियोगमा राईलाई गत भदौ २१ गते पक्राउ गरी २२ गते सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । उनका अनुसार एक हजार पैसा माग्दा नदिएको प्रतिशोधमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । राईको साथमा एक हजार एक सय ७० रुपैया“ नगद समेत बरामत गरिएका छ । राईलाई जन्तेढुङ्गा गाउ“पालिका–२ बोपुङबाट पक्राउ गरिएको डिएस्पी चिमरीयाले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित