जन्तेढुङ्गामा दाजु बहिनीको हत्या

  • प्रकाशित मितिः भदौ २०, २०७७
  • 1196 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २०–जन्तेढुङ्गा गाउ“पालिकामा दाजु–बहिनीको हत्या भएको छ । जन्तेढुङ्गा गाउ“पालिका–४ डम्वर्खुशिवालय सामाताङमा ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया“ श्रेष्ठको हत्या भएको हो ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका अनुसार उनीहरु घरैमा मृत फेला परेका हुन् । ‘एकान्तमा घर रैछ ।’ प्रजिअ शर्मा पौडेलले भने–‘गाईबस्तु कराएपछि हेर्न जादा दुबै जना मृत फेला परे ।’
उनीहरुको हत्या भएको खबरपछि शनिबार बिहान खोटाङका प्रहरी प्रमुख डिएस्पी नारायणप्रसाद चिमरीया लगायतको टोली घटनास्थलमा पुगेका छन् । उक्त घटना आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको प्रजिअ शर्मा पौडेलले सुनाए । शव पोष्टमार्टमका लागि गाइघाट पठाइएको प्रजिअ शर्मा पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित