भरुवा बन्दुकले बालकको मृत्यु

  • प्रकाशित मितिः भदौ १३, २०७७
  • 900 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १३–भरुवा बन्दुकले एक बालकको ज्यान गएको छ । बादरलाई हानेको भरुवा बन्दुकको गोली लागेर ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो ।
नाताले काका (आमाकी बहिनीका श्रीमान) पर्ने २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर शैलेन्द्रको ज्यान गएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा पर्ने सुठुनीबारीमा बादर धपाउने क्रममा भदौ १२ गते राती बालकको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार मानकाजीलाई बन्दुकसहित पक्राउ गरिएको छ ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइै सकिएको प्रहरीले जनाएको छ ।
बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजीको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित