नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १३–भरुवा बन्दुकले एक बालकको ज्यान गएको छ । बादरलाई हानेको भरुवा बन्दुकको गोली लागेर ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो ।
नाताले काका (आमाकी बहिनीका श्रीमान) पर्ने २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर शैलेन्द्रको ज्यान गएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा पर्ने सुठुनीबारीमा बादर धपाउने क्रममा भदौ १२ गते राती बालकको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाका अनुसार मानकाजीलाई बन्दुकसहित पक्राउ गरिएको छ ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइै सकिएको प्रहरीले जनाएको छ ।
बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजीको घरमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित