कोरोना संक्रमित प्रहरी संक्रमणमुक्त भए

  • प्रकाशित मितिः भदौ ११, २०७७
  • 1366 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ११–कोरोना संक्रमित भएर जिल्ला अस्पतालको आइसोलेसनमा बसेका छ जना प्रहरी कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण भएर गत साउन ३१ गते जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएका छ प्रहरी कोरोनामुक्त भएका हुन् ।
गत साउन २३ गते बिराटनगरबाट सुरुवा भएर खोटाङ आएका ११ प्रहरीमध्ये छ जना (२०, २१, २३, २५, २५ र ३२ वर्षीय) पुरुषलाई कोरोना संक्रमण भएको थियो । कोरोनामुक्त भएपछि भदौ ११ गते जिल्ला प्रहरी कार्यालय फर्किएका हुन् । उनीहरुलाई अझै एक साता क्वारेन्टाइनमा राखेर ड्युटीमा खटाइने प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
विराटनगरबाट सरुवा भएर आएका अर्का कोरोना संक्रमित प्रहरी भने जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमै छन् । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला अस्पतालका चिकित्सक शैलेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित