मालती (कथा)

  • प्रकाशित मितिः भदौ ११, २०७७
  • 1454 पटक पढिएको
  • संवादताता

सविना अछामे–
त्यो दिन झमक्क साझ परिसकेको थियो । दिनभरि झरिले भिजेर निथ्रुक्क मालतीलाई ओछ्यानमा ढल्किन नपाउ“दै निन्द्राले छोपिसकेको थियो । तर माया“लुसंग बोल्न पाउने आशाले उनको निद हराम गराएको हुन्थ्यो । हप्तामा दुई दिन आउने रेवतको फोनले त्यो दिन उनलाई राती बस्न उत्साही बनाएको थियो । किन भने हप्तामा दुई दिनमै मनका बह पोखाउनु पर्ने वाध्यता थियो ।
नभन्दै फोन आयो–‘हेल्लो मालु, खाना खायौं ?’ 
किप्याड मोबाइलमा बोल्दै मालतीले भनिन्–‘खाए“ हजुरको ड्युटी सकियो ?’ 
रेवतले जवाफ दिए–‘सकियो, निदाएकी त थिएनौ नि ?’
मालतीले रेवतलाई भनिन्–‘आज हजुरको फोन आउ“ने दिन सुत्छु त ?’
रेवतले थप्दै लग्यो–‘मेरो याद आउ“दैन तिमीलाई ?’
त्यसपछि त उनीहरुको बीचमा माया“ पिरती, छोरा–छोरी जन्माउ“ने, छोरा–छोरीको नाम के राख्ने लगायतका विभिन्न मनका कुराले आधारात भइसकेको पत्तै भएको थिएन दुबै जनालाई । संवादका क्रममा रेवतले एण्ड्रोइट फोन साथीलाई पठाउने भनेपछि मालतीमा खुसीको वर्षा छाएको थियो । रेवतलाई पनि मालतीसंग भिडियो कलमा रमाउने चाहना थियो । यस्तै यस्तै रमाइला कुरा भिडियो कलमा गर्न पाउने भएपछि मालती पनि दङ्ग भएर त्यस दिन सुतिन् ।
दिन बित्दै जादा पार्सल लिएर रेवतको मिल्ने साथी मालतीलाई भेट्न आयो । रेवतको साथी आएपछि मालतीलाई पनि औधी खुसी लागेको थियो । फेरि मन पर्ने कुराहरु लिएर आएको थियो । कत्ति बेला हेरौं भइसकेको थियो मलतीलाई । तै पनि सत्कार त गर्ने प¥यो । सत्कार अनि गफ–गाफ हुदा निक्कै समय बित्यो । यो देखेर सासु–ससुरोले उनी को हुन् ? भनेर सोधे । मालतीले सासु–ससुरालाई भनिन्–‘छोराको साथी रे, विदेशबाट सामान लिएर आएका ।’ ससुराले भने–‘के सामान लिएर आएको रहेछ ? छोरालाई कस्तो छ रे ?’ 
मालतीलाई बोलिरहनु भन्दा सामान देखाउ“न सहज लाग्यो । श्रृङ्गारका सामान, मोबाइल, चकलेट लगायतका सामान देखेपछि सासु ससुराले साहुको ऋण काढेर विदेश गएको झल्झली सम्झिए । मालतीलाई भने कतिबेला मोबाइल चलाउ भन्ने हतारो थियो । खाना खाएपछि सबै सुत्न गए । तर मालतीले भने मोबाइल चलाउन थाली । त्यत्ति बेलै रेवतको फोन आयो । कुरा भयो । 
फोन राख्ना साथ अर्को फोन आयो । त्यो फोन दिउसो पार्सल लिएर आउने सुदीपको थियो । ‘खाना खानु भयो ?’ मालतीले भनिन्–‘हजुर खाइसकेकी ।’ मालतीले थपिन्–‘अनि हजुरले ?’ ‘खाए“ ।’ सुदीपले भने–‘आज रमाइलो लाग्यो, हजुरसंगको भेटघाट अर्थपूर्ण भयो ।’ मालतीले भनिन्–‘किन?’ सुदीपले थप्दै लगे–‘आज हजुरको हातले बनाएको खाजा खान पाइयो, मिठो लाग्यो, यस्तो सौभाग्य सधैं मिलिरहोस् ।’ मालतीलाई दिलैदेखि खुसी लाग्यो । सधैं आफ्नै हातले बनाएको खाना दिन मन थियो । सधैं बोलिरहु“ जस्तो लागेको थियो । भेटीरहु“जस्तो लागेको थियो । रेवतको अनुपस्थितिमा सुदीपलाई भेटिरहनु मन थियो । तर मालतीको मनमा एउटा कुरा खट्किएको थियो । त्यो भनेको सुदीपले बिहे गरेको छ कि छैन ? उनका परिवारमा को को छन् ? यस्तै यस्तै कुरा । 
फेरि सुदीपले फोन ग¥यो । यो बेला मालतीले सोधिन्–‘हजुरको परिवारमा को को हुनुहुन्छ ?’ भनिनसक्दै सुदीपले भने–‘मेरी आमा र म ।’ अब रेवतसंग भन्दा सुदीपसंग मालतीको कुरा बढी हुन थाल्यो । भिडियोकल, फोनमा बारम्बार कुरा हुन थाल्यो । 
यसरी नै दिन बित्न थाल्यो । तीन दिनपछि रेवतले फोन ग¥यो तर मालतीको फोन बिजी थियो । ‘को संग बोलेकी फोन त बिजी थियो ।’ रेवतले भने–‘भिडियो कलमा बोल्ने मन थियो, बाबु–आमासंग पनि बोल्ने मन थियो ।’ मालतीले भनिन्–‘भाइसंग बोलेकी ।’ भनेर सहजै ढाटिन् । 
तर मालतीलाई भने अब रेवतसंग होइन, सुदीपसंग बोल्ने बानी परिसकेको थियो । त्यसैले सन्चो नभएको बहानमा फोन राखिन् । फोन राख्नासाथ सुदीपको फोन आयो । कुरा हुदै गयो । झनझन रात छिप्पिदै गयो, उत्ति नै मनका कुरा पोखिदै गयो । 
अब सुदीप बिना मालतीलाई बेचैन हुन थाल्यो । सुदीपसंग कुरा नगरी चित्त बुझ्दैन मालतीलाई । कुराकानीबाट अब भेटघाटमा परिणत भइसकेको थियो । अब सुदीप आधा घण्टाको बाटो हिडेर लुकी–लुकी मालतीको घरमै बास बस्न थालिसकेका थिए । यो अवधिमा मालती पनि गाउ“ले जीवनबाट शहरिया भइसकेकी थिइन् । घा“स–दाउरा, साथी–संगी सबै भुलिसकेकी थिइन् । साथी–संगीले पनि मालतीको परिवर्तनबारे चर्चा चलाउन थालिसकेका थिए । 
दिनहरु बित्दै जादा उनीहरुको सम्वन्ध झनै नजिक हुदै गयो । मालती सुदीपसंग बिहे गरेर शहरमा बस्ने कल्पना गर्न थालेकी थिइन् । रेवतसंग भने कुराकानी हुन छाड्यो मालतीको । अब घरमा काम गर्न, बाबुआमाको हेरचाह गर्न पनि मन छैन मालतीलाई । अनेक बहाना बनाएर घरपरिवार र रेवतसंग टाढिन थालिन् । 
अब मालती सुदीप विना एकैछिन बस्न नसक्ने भइन् । हुन पनि मालतीको पेटमा सुदीपको बच्चा हुर्कदै गइरहेको थियो । यो कुरा थाहा पाउनासाथ सुदीप भने टाढा हुन थालेको थियो । फोन उठ्न छाड्यो, स्वीच अफ हुन थाल्यो, भेटन् छाड्यो । अब ऊ बिल्कुलै टाढा भइसक्यो । मालतीलाई भने पेटमा हुर्कदै गएको बच्चाको आमा बन्ने रहर जिउ“दै थियो । सुदीपसंग जीवन बिताउने सपना जागै थियो । त्यसैले सुदीपको घर गइन् मालती । तर सुदीप घरमा थिएन त्यत्ति बेला । उनकी श्रीमती, बालबच्चा देखेपछि मालतीको होस् उड्यो । र मालती चिच्याइन्–‘सुदीप किन यत्रो धोका?’ अब सुदीपकी श्रीमतीलाई बुझ्न समय लागेन । सबै–सबै कुरा सुनाइन् मालतीले । यो बेलासम्म रेवत पनि घर आइसकेका थिए ।
अब मालतीलाई रेवतको औधी माया“ लागेर आयो । पा“च वर्ष लभ परेर बिहे गरेको रेवतसंग बिताएका दिनहरुको झलझली याद आयो । रेवतले गर्ने माया“को हरहरी सम्झना लागेर आयो । अनि तिनै माया“लु र घर सम्झिएर मालती फर्किइन् । तर रेवतले भने मालतीलाई सधैंका लागि तिरस्कार गरिसकेका थिए । 
प्रकाशित मिति २०७७ भदौ ११

 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित