तेश्रो लिङ्गी फूल (कविता)

  • प्रकाशित मितिः भदौ १०, २०७७
  • 1335 पटक पढिएको
  • संवादताता

विष्णु उपरकोटी–
म यो युगले उमारेको तेस्रो लिङ्गी फूल हु“ ।

म खुशीका शब्दहरुस“ग पुजिएर
सफलताका बिराटआख्यान जन्माउन
सक्दिन ।

म कुनै कुमारी युवतीको नौनी चुल्ठोमा
सौन्दर्यताको वास्ना छर्न सक्दिन ।

म कसैको भाकलमा काल्पनिक
पवित्रताको प्रतीक बन्न सक्दिन ।

म, मजस्तै फूलहरु स“ग उनिएर
युद्घमा बिजय हासिल गरेको–
सिपाहीको गलामा तक्माको सखी बन्न
सक्दिन“ ।
म अक्षताहरुको थालीमा बसेर
रंगहरुस“ग समानताको वार्ता गर्न सक्दिन ।

म युगले उमारेको तेस्रो लिङ्गी फूल हु“,
जो पहिलो र दोस्रोमा पर्दिन ।

मन्दिर पुग्ने कठिन यात्रामा–
समयको घण्टा सुइमा कछुवा भएर
घस्रिरहेको छु ।
प्रकाशित मिति २०७७ भदौ १०

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित