विष्णु उपरकोटी–
म यो युगले उमारेको तेस्रो लिङ्गी फूल हु“ ।
म खुशीका शब्दहरुस“ग पुजिएर
सफलताका बिराटआख्यान जन्माउन
सक्दिन ।
म कुनै कुमारी युवतीको नौनी चुल्ठोमा
सौन्दर्यताको वास्ना छर्न सक्दिन ।
म कसैको भाकलमा काल्पनिक
पवित्रताको प्रतीक बन्न सक्दिन ।
म, मजस्तै फूलहरु स“ग उनिएर
युद्घमा बिजय हासिल गरेको–
सिपाहीको गलामा तक्माको सखी बन्न
सक्दिन“ ।
म अक्षताहरुको थालीमा बसेर
रंगहरुस“ग समानताको वार्ता गर्न सक्दिन ।
म युगले उमारेको तेस्रो लिङ्गी फूल हु“,
जो पहिलो र दोस्रोमा पर्दिन ।
र
मन्दिर पुग्ने कठिन यात्रामा–
समयको घण्टा सुइमा कछुवा भएर
घस्रिरहेको छु ।
प्रकाशित मिति २०७७ भदौ १०
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित