फेरि अर्का प्रहरीलाई पनि कोरोना पुष्टि

  • प्रकाशित मितिः भदौ ९, २०७७
  • 915 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ९–फेरि अर्का एक जना प्रहरीमा कोरोना पुष्टि भएको छ । गत साउन २३ गते विराटनगरबाट सरुवा भएर आएका ११ मध्ये थप एक जनामा भदौ ९ गते कोरोना पुष्टि भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पुष्टि गरेको हो ।
विराटनगरबाट सुरुवा भएर आएका ११ मध्ये छ जनालाई कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्प्ताल खोटाङको आइसोलेसनमा राखिएको छ । अर्का एक जना प्रहरीमा संक्रमण देखिएपछि उनलाई भने जिल्ला प्रहरी कार्यालयमा बनाइएको क्वारेन्टाइनमै राखिएको छ । जिल्ला अस्पतालको क्वारेन्टाइन खाली भएपछि सारिने जिल्ला अस्पतालका डा. शैलेश श्रेष्ठले बताए ।
सरुवा भएर आएपछि जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा राखिएका ११ मध्ये आठ पुरुष र तीन महिलामध्ये सात जनालाई कोरोना पुष्टि भएको हो । यसमध्ये छ जनालाई गत साता र उनीहरुसंगै बसेका दुई जनामा गरिएको परीक्षणमा एक जनालाई पोजिटिभ देखिएको डा. श्रेष्ठले सुनाए । गत भदौ ४ गते पठाइएको ८५ मध्ये ८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अन्य एक जनाको भने अझै आउन बाकी रहेको डा. श्रेष्ठले जनाए । जिल्लाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पूष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित