जिल्ला अस्पताल खोटाङमा प्रसुति र आकस्मिक बाहेक अन्य सेवा बन्द

  • प्रकाशित मितिः भदौ ९, २०७७
  • 1409 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ९–जिल्ला अस्पताल खोटाङले आकस्मिक र प्रसुति बाहेक अन्य सेवा बन्द गरेको छ । पा“च दिनअघि रेफर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १६ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि भदौ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक र प्रसुति बाहेकका सेवा बन्द गरेको हो ।
पखाला, ज्वरोले सिकिस्त भएपछि भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी युवतीको स्वास्थ्यस्थिति सुधार नभएपछि भदौ ४ गते पाटन अस्पताल रेफर गरिएको थियो । पाटन अस्पतालले त्यसै दिन श्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका डा. शैलेश श्रेष्ठले बताए ।
दुई दिनसम्म अस्पताल बस्दा अन्य विरामी तथा स्वास्थ्यकर्मीहरुलाई समेत जोखिम बढेकाले आकस्मिक र प्रसुति बाहेकका सेवा बन्द गरिएको डा. श्रेष्ठले सुनाए । अस्पतालका स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षणका लागि प्रदेश प्रयोगशाला स्वाब पठाइएकाले अर्को सूचना जारी नभइन्जेलसम्म सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित