नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–जिल्ला अस्पताल खोटाङबाट चार दिन अघि रेफर भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १६ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल खोटाङबाट गत भदौ ४ गते रेफर भएकी युवतीको भदौ ८ गते कोरोना पुष्टि गरेको हो ।
उनी भदौ २ गते जिल्ला अस्पताल भर्ना भएकी थिइन् । पखाला र ज्वरोले सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको जिल्ला अस्पताल खोटाङका डा. शैलेश श्रेष्ठले बताए । ‘अस्पतालको इमर्जेन्सी र जनरल वार्डमै राखिएकाले अन्यलाई तथा स्वास्थ्यकर्मीलाई समेत जोखिम छ ।’ डा. श्रेष्ठले भने–‘स्वास्थ्यकर्मीहरुको स्वाव सङ्कलन गरेर भोलि नै परीक्षणमा पठाइने छ ।’
आकस्मिक र प्रसुति बाहेक अस्पतालको अन्य सेवा बन्द गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । उक्त समयमा ड्युटीमा नरहेका स्वास्थ्यकर्मीहरुलाई मात्र खटाइने प्रजिअ शर्मा पौडेलले बताए । उक्त युवतीको ट्राभलहिस्ट्री समेत नरहेको प्रजिअ शर्मा पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित