नानुमैया दाहाल-
तिमी दिन्छौ मलाई यमराजको उपमा
तर परिवर्तन गर्दैनौ
आफ्नो सोच, ब्यवहार र जीवनशैलीमा ।
पृश्वी–
सबै प्राणीहरूको साझा थलो
निजी ठान्यौ तिमीले
प्रकृति–
सृष्टि सन्तुलनको मियो
उपभोग्य साधन मात्र मान्यौ तिमीले
तिमीजस्तै अरू मानव–
साझा शत्रुसँग जुझ्ने तिम्रो प्रिय सारथी
आफ्नै शत्रु ठान्यौ तिमिले ।
आत्मकेन्द्रित सपना देख्यौ
अहंकारले निलिदियो तिम्रो चेतना पनि
बनायौ बम, बारूद र आणविक भट्टी
दुनियाँलाई मुठ्ठीभर राखेर कजाउन ।
म जन्मिए अब
बचाउ तिम्रो अस्तित्व
तिम्रो जीवन
मलाई पराजित गर्नुमा छ यसबेला ।
भोकको रूप
परिवर्तन गर्नुपर्छ तिमिले
संसार जित्ने अहंकार
त्याग्नुपर्छ तिमिले
प्रकृतिसँगको ब्यवहार
मित्रतामा बदल्नुपर्छ तिमीले
तिम्रो दैनिक ब्यवहारमा
सरसफाई र शुद्धतामा ध्यान दिनुपर्छ तिमीले
तिम्रो हिडाइ, बसाइ र डुलाइमा
सामाजिक दुरी कायम गर्नुपर्छ तिमीले
जसरी भएपनि
प्रतिरोध क्षमता बढाउनुपर्छ तिमीले
मलाई रोक्ने, छेक्ने
सबै उपाय अपनाउनु पर्छ तिमीले
किनकी,
तिम्रो जीवनमा मात्र मेरो मृत्यु छ
मेरो जीवनमा त तिम्रो मृत्यु छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, खोटाङ
प्रकाशित मिति २०७७ भदौ ५
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–हलेसी त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–रामनवम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–छुरा प्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–स्थानी�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–छुरा प्�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित