नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३१–जिल्लाका छ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरबाट साउन २३ खोटाङ सुरुवा भएर आएका ११ मध्ये छ जना पुरुषमा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौंको टेकुस्थित प्रयोगशालाले उनीहरुलाई कोरोना भएको पुष्टि गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । संक्रमित सबैलाई जिल्ला अस्पताल खोटाङको आइसोलेसनमा राखिएको प्रजिअ शर्मा पौडेलले सुनाए ।
विराटनगरस्थित प्रहरी गणबाट आठ पुरुष र तीन महिला प्रही सरुवा भएर आएका थिए । छ पुरुषमा कोरोना संक्रमण देखिएपछि उनीसंगै एउटै क्वारेन्टाइनमा बसेका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ । अन्य तीन महिलालाई भने फरक कोठामा बसेको र पीसीआर नेगेटिभ भएकाले अब छिट्टै ड्युटीमा खटाइने प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । गत साउन २७ गते ३४ जनाको स्वाव सङ्कलन गरेर काठमाडौं पठाइएको थियो । यसमध्ये १६ जनाको रिपोर्ट आएको छ । अन्य १८ जनाको रिपोर्ट आउन बा“की छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित