खोटाङमा छ जना प्रहरीमा कोरोना पुष्टि

  • प्रकाशित मितिः साउन ३१, २०७७
  • 1307 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३१–जिल्लाका छ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरबाट साउन २३ खोटाङ सुरुवा भएर आएका ११ मध्ये छ जना पुरुषमा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौंको टेकुस्थित प्रयोगशालाले उनीहरुलाई कोरोना भएको पुष्टि गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । संक्रमित सबैलाई जिल्ला अस्पताल खोटाङको आइसोलेसनमा राखिएको प्रजिअ शर्मा पौडेलले सुनाए ।
विराटनगरस्थित प्रहरी गणबाट आठ पुरुष र तीन महिला प्रही सरुवा भएर आएका थिए । छ पुरुषमा कोरोना संक्रमण देखिएपछि उनीसंगै एउटै क्वारेन्टाइनमा बसेका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ । अन्य तीन महिलालाई भने फरक कोठामा बसेको र पीसीआर नेगेटिभ भएकाले अब छिट्टै ड्युटीमा खटाइने प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए । गत साउन २७ गते ३४ जनाको स्वाव सङ्कलन गरेर काठमाडौं पठाइएको थियो । यसमध्ये १६ जनाको रिपोर्ट आएको छ । अन्य १८ जनाको रिपोर्ट आउन बा“की छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित